भरतपुर, २३ माघ :
रेडियो त्रिवेणी १००.६ मेगाहर्जका अध्यक्ष तेज नारायण खरेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गर्नुभएको छ ।
रंगशालामा आयोजित धनधान्यान्चल महोत्सवको चौथो दिन नेपाल विद्युत व्यवसायी महासंघका पुर्व अध्यक्ष समेत रहनु भएका खरेलले २ लाख ११ हजार १ सय ११ रुपैँया सहयोग गर्नुभएको हो । खरेल इलेक्ट्रोनिक्स सहिदचोकका प्रवन्धक उँहा र श्रीमती खगिसरा खरेलले संयुक्त रुपमा रकम हस्तान्तरण गर्नुभएको हो ।
यस्तै बुधबार ३ जनाले तुलादान गरेको र ४ जनाले नाम दर्ता गराएको तुलादान व्यवस्थापन समिति संयोजक शारदा शर्माले जानकारी दिनुभयो ।
भरतपुरको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग जुटाउन जारी धनधान्यान्चल महोत्सवमा बुधबार करिब एक करोड रुपैँया संकलन भएको छ ।
धनधान्यान्चल महोत्सवको चौथो दिन आज करिब एक करोड रुपैँया संकलन भएको मुल आयोजक समितिका महासचिव दिनेश चुकेले जानकारी दिनुभयो ।


