कोरोना भाइरसको प्राथमिक उपचार गर्न चितवन सक्षम

चितवन समाचार डटकम,
२२ माघ । कोरोना भाइरस रोकथामको लागि प्राथमिक उपचार गर्न चितवन सक्षम भएको यहाँका चिकित्सकहरुले दावी गरेका छन् । अदव मिडिया नेटवर्कले भरतपुरमा वुधबार गरेको पत्रकार सम्मेलनमा यहाँका चिकित्सकले कोरोना रोग नयाँ नभइ पुरानोको पस्किृत रुप मात्र भएको बताएका हुन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका उपाध्यक्ष तथा भरतपुर अस्पतालका फिजिसियन डाक्टर भोजराज अधिकारीले भन्नु भयो ‘चीनमा देखिएको कोरोना सातौ हो, यस अघि पनि यो जातको भाइरस देखिएको थियो ।’ एक प्रकारको रुघा ज्वरो हो यसको प्राथमिक उपचार गर्न हामी सक्षम छौ उहाले भन्नु भयो ‘त्यस्ता विरामीलाई अलगै राखेर उपचार गर्ने व्यवस्था मिलाएका छौ ।’ डिसेम्बरको अन्तिम दिनदेखि पछि आएका व्यक्तिले यो रोग सार्न सक्छन् त्यसैले हामी सर्तकता अपनाएका छौ । उहाले भन्नु भयो ‘यो रोग लागेका व्यक्तिलाई अलगै राखेर उपचार गराउनु पर्दछ हामीले भरतपुर अस्पतालमा यसको व्यवस्था गरेका छौ ।’
यो रोग पशुबाट मात्रै सर्ने भए नेपाल कम जोखिम हुने थियो । मानिसबाट मानिसमा सर्ने भएकाले चीनबाट आएका, चीन हुदै आएका, रोग संक्रमण भएको स्थानबाट आएका जुनसुकै व्यक्तिबाट सर्न सक्छ त्यसैले चितवन पनि जोखिम जिल्लाको रुपमा छ । पर्यटन वर्ष मनाइरहदा यहाँ आउने पर्यटकबाट सर्न सक्ने भएकाले यहाँका प्रमुख अस्पतालहरुमा आइसोलेसन वार्ड खडा गरेका छौ डाक्टर अधिकारीले भन्नु भयो । उहाका अनुसार विश्वमा २९१ वटा भाइरस पत्ता लागेको छ । ती मध्यकै एउटा कोरोना हो । स्वासप्रश्वासबाट नै यस्ता रोग ८० प्रतिशत सर्दछ ।
चिकित्सक संघ चितवनका अध्यक्ष तथा भरतपुर अस्पतालका डाक्टर प्रकास खतिवडाले भन्नु भयो ‘कोरोना भाइरस र त्यस्तै प्रकृतिका समस्या देखिएमा दुइजना डाक्टरलाई नै जिम्मा दिएर उपचारको व्यवस्था गरिएको छ । चितवनका दुइ ठुला मेडिकल कलेज, अन्य अस्पतालहरुमा आइसोलेसन वार्ड स्थापना गरेका छौ ।’ शंका लागेमा ति अस्पतालमा आइसोलेसनमा राखेर उपचार हुन्छ । गम्भिर प्रकृतिको भए भरतपुर अस्पतालमा ल्याइन्छ र यो समस्याको विषयमा दुईजना डाक्टर प्रमोद पौडेल र कल्याण सापकोटाले मात्र बोल्नु हुनेछ ।
चितवनमा केही समस्या आएमा हामी प्राथमिक उपचार गर्न सक्षम छौ आत्तिएर काठमाण्डौ जान पर्दैन उहाले भन्नु भयो । यदी समस्या आएमा र थप उपचार गर्नको लागि काठमाण्डौ जानु पर्ने भएमा अलगै सुरक्षित एम्वुलेन्समा राखेर लैजाने तयारी समेत गरेको डाक्टर खतिवडाले बताउनु भयो ।
नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य तथा भरतपुर अस्पतालका डाक्टर कृष्णप्रसाद पौडेलले अन्य रुघा ज्वरो जस्तै लक्षण देखिने कोरोनाबाट बच्नको लागि स्वस्थकर व्यवहारनै पहिलो आवश्यकता रहन्छ । यो रोगबाट वृद्ध व्यक्तिको ज्यान गएको देखिएकाले कोरोनाले तत्काल मृत्यु हुने भन्दा रोगप्रतिरोधात्मक क्षमता कमजोर बनाउने र अन्य रोगको कारण मृत्यु हुन सक्छ डाक्टर पौडेलले भन्नु भयो । चितवनबाट चीनमा अध्ययन गर्न जाने ६० देखि ८० जना भएकाले ती आउदा रोग सार्ने हो की भन्ने शंका भएर छिटो उपचारको व्यवस्था गरेका हौ उहाले भन्नु भयो ।
अन्य फ्लु जस्तै यभएकाले कुखुरा जन्य रोगबाट समेत बच्नु पर्ने उहाले सल्लाह दिनु भयो । श्वासप्रश्वासबाट सर्ने भएकाले सबैभन्दा पहिला भिडभाडमा कम जाने । जानु पर्ने भएका माक्सको प्रयोग गर्ने, साथीसंग हात नमिलाउने नमस्कार गर्ने, हातको सरसफाइ गर्ने, हाछ्युँ गर्दा कुहिनाले छोप्ने जस्ता व्यवहार गर्नु पर्ने बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट