नारायणी पब्लिककाे रजत महाेत्सवमा विविध कार्यक्रम

चितवन समाचारडटकम
भरतपुर,२४ माघ :
नारायणी ईङ्लिस पब्लिक माध्यमिक विद्यालय भरतपुरकोे रजत महोत्सवको अवसरमा विहीबार भरतपुरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नारायणी अल्मोनाई एसोसीयसनको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक नवीन बगालेले जानकारी दिनुभयो ।
अल्मुनाइका अध्यक्ष सुरज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उपशाखा भरतपुरका सभापति वालकृष्ण सुवेदी प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा विद्यालयका अध्यक्ष राजेश्वर खनाल, प्राचार्य वेदराज न्यौपानेलगायतले रक्तदानको महत्वको वारेमा वोल्नु भएको थियो ।

जेष्ठनागरिकहरुलाई खाना तथा फलफुल वितरण

यसैबीच रजत महोत्सवको अवसरमा विहीबार देवघाट स्थित देवघाट समाज कल्याण केन्द्रमा आश्रित ३० जना जेष्ठ नागरिकहरुलाई खाना तथा फलफुल वितरण गरिएको कार्यक्रम संयोजक सन्तोष रिमालले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट