कम्युनिष्टको सिद्धान्त अनुसार सरकार चल्न सकेन

"चितवनमा समाजवाद र नेपाली समाज विषयक वहस"

चितवन समाचार डटकम
२० माघ । कम्युनिष्टको सिद्धान्त अनुसार सरकार सञ्चालन हुनु पर्ने राजनीतिक दलका नेताहरुले सुझाव दिनु भएको छ ।
दृष्टिकोण नामक सस्थाले चितवनको नारायणगढमा सोमबार आयोजित समाजवाद र नेपाली समाज विषयक अन्तरक्रिया कार्यक्रममा उहाहरुले समाजवादको कुरा चर्को रुपमा चर्चा भएपनि व्यवहारमा कम्युनिष्टको सिद्धान्त नदेखिएकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा नेकपाका नेता राम कार्कीले भन्नु भयो ‘सरकार कम्युनिष्टको भयो तर व्यवसाहारमा कम्युनिष्ट देखिएन ।’ वर्गको विषय पुजीवादले उठाएर हुदैन उहाले भन्नु भयो ‘मजदुरहरुको एजेण्डा पार्टीले बोक्न सकेको छैन, पुजीपतिको एजेण्डामा पार्टी हिडेको छ ।’ उहाले भन्नु भयो ‘वर्गहरुको समस्याको विषयमा त्यही वर्गले एजेण्डा बनाउनु पर्दछ र त्यसैमा सरकारले सम्वोधन गर्नु पर्छ । तर खोइ वर्गहरुको एजेण्डामा उनीहले निर्णय गर्न पाएको ’ कार्कीले भन्नु भयो ।
मजदुरहरु, किसान, उत्पीडित वर्गले उठाउने एजेण्डमा पार्टीका नेताको हस्तक्षेप हुन्छ अनी कसरी उनीहरुका एजेण्डामा सरकार प्रवेश गर्छ उहाले भन्नु भयो । कम्युनिष्टको जग भनेको वर्ग संघर्ष हो । तर यहाँ पुजीपतिको बोलवाल भएको छ । पुजीपतिको प्रभावमा सरकार परेको छ । यसरी हामी समाजवाद तर्फ जान सक्दैनौ उहाले भन्नु भयो ।
वर्गीय आन्दोलन नेपाल भएको छैन कार्कीले भन्नु भयो खोइ ‘आन्दोलन ? १५\२० वर्षदेखि वर्गहरुको आन्दोन भएको छैन । के मजदुरहरुको समस्या समाधान भएको हो । किसानको समस्या सकिए ? ’ उहाले प्रश्न गर्नु भयो सरकारले उनीहरुको समस्या सम्वोधन नगरेको भन्दै आन्दोलन गर्नु पर्दैन उहाले भन्नु भयो ।
कार्यक्रममा कम्युनिष्ट नेता विश्वभक्त दुलाल आहुतीले भन्नु भयो ‘समाजवाद आउनको लागि निजी सम्पत्ति समुदायको हुनु पर्दछ तर यहाँ समुदायको सम्पत्ति निजीको भएको छ ।’ यो संसारमा पहिला सम्पत्ति व्यक्तिको थिएन समुदायको थियो । त्यही समुदायको सम्पत्तिलाई निजीकरण गरिएको छ यस्तो अवस्थामा कसरी समाजवाद आउछ उहाले भन्नु भयो । सरकारले चलाउनु पर्ने सस्थाहरु धमाधम निजीलाई दिएको छ यस्तो अवस्थामा कसरी नेपालमा समाजवाद आउछ ? सरकार कम्युनिष्टको छ तर व्यवहार त्यस्तो देखिएन उहाले भन्नु भयो संविधानमा समाजवाद तर्फ लाग्ने भनिएको छ त्यो लाग्ने भनेको कस्तो हो ? सरकारलाई काम गर्नको लागि कुनै वाधा व्यवधान छैन तर काम समाजवादको जस्तो देखिएको छैन उहाले भन्नु भयो ।
विदेशी सम्पत्ति धेरै जसले ल्यायो त्यो यो समाजमा राम्रा कहलाउछ दुलालले भन्नु भयो । तर समाजवादले त्यस्तो भन्दैन । उत्पादनमा जोड दिनु पर्दछ । आफ्नो पौरखमा आफै उभिनु पर्दछ । यही हो समाजवाद भनेको । शोषक वर्गबाट शोषित वर्गले खोसेर ल्याएको व्यवस्था नै समाजवाद हो । नव उपभोक्तावादको विरोध नगर्ने हो भने समाजवाद ल्याउन सक्दैनौ उहाले भन्नु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता वद्री पाण्डेले नेपाली काँग्रेस स्थापना कालदेखिनै समाजवादको नारा लगाएको पार्टी भएको बताउनु भयो । उहाले भन्नु भयो नेपालको नीति निर्माण गर्दा, योजना ल्याउदा धनी व्यक्तिको, राजाको आज्ञालाई होइन गरिब जनताको अवस्थालाई हेरर ल्याउनु पर्छ भन्ने पार्टी भएकाले समाजवाद ल्याउन काँग्रेस पार्टीले भूमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले भन्नु भयो ‘एउटा नगरवासी हिडडुल गर्नलाई चौविसै घण्टा नपाउने अवस्थामा कहाँबाट समाजवादको कुरा गर्न सकिन्छ ।’ निकुञ्ज एने २०२९को व्यवस्थाले माडी वासी चितवन निकुञ्जबाट पार गर्नको लागि उज्यालो कुर्नु पर्दछ । राति विरामी भएमा सदरमुकाम भरतपुर आउन पाइदैन । कुनै काम विशेषले साँझ विहान सबेरै हिड्नु पर्दा निकुञ्जले रोक्छ यस्तो अवस्थामा कसरी समाजवादको विषय आउन सक्छ उहाले भन्नु भयो ।
कार्यक्रममा नेकपा चितवनका सचिवालय सदस्य प्रकास ढुंगाना, नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीलगायतले पार्टीको धारणा राख्नु भएको थियो । कार्यक्रम सुवास पण्डितको संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा साकार लामा र रामकान्त पौडेलले सहजीकरण गरेका थिए ।

शेयर गरौ

ताजा अपडेट