चितवन, १९ माघ । रंगशाला निर्माणको लागि सहयोग रकम जुटाउन आजबाट रामपुरमा महायज्ञ सूर भएको छ ।
महायज्ञ सुरु हुनु अगाडि भरतपुरका विभिन्न स्थानबाट कलश यात्रा गरिएको थियो । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक रकम अपुग भएपछि यज्ञबाट संकलन गर्न लागिएको हो ।
माघ २६ गतेसम्म चल्ने यज्ञको उद्घाटनमा देशका राष्ट्रिय खेलाडीहरु, कलाकारहरु, राजनीतिक दलका नेताहरु रामपुर आएका छन् । महायज्ञबाट ५० करोड रुपैयाँ उठाउने योजना रहेको मूल आयोजक समितिले जनाएको छ । शोभा यात्रामा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति तथा नेकपा चितवनका सचिव कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, प्रदेश सभा सदस्य विजय सुवेदी, कञ्चन खनाल, धनश्याम दाहाललगायतका नेताहरु सहभागी भएका थिए ।
त्यस्तै गरी भरतपुर महानगरपालिका जनप्रतिनिधिहरु, स्थानीयहरु, विभिन्न संघसस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए । महायज्ञका प्रमुख बाचक दिनवन्धु पोखरेल रहेका छन् ।







