पाैडेलकाे निधनले नेकपालाई क्षति : प्रचण्ड

माघ २४ चितवन,
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेे
माडीका बरिष्ठ सामाजिक अगुवा एवं वामपन्थी नेता भुवानी प्रसाद पौडेलको निधनले पार्टीलाई अपुुरणीय क्षती भएको बताउनु भएको छ ।
आज पौडेलको श्रद्धान्जली सभालाइ भरतपुरमा सम्बोधन गर्दै दाहालले आफ्नो र भुवानी पौडेलको परिवारसंग धेरै लामो समय देखिको राम्रो सम्बन्ध रहेको बताउभयो ।“भुवानीप्रसाद पौडेलबाट हामीले राम्रो कामको प्रेरणा,अनुसरण गर्नुपर्छ” उहाँले भन्नुभयो,“पौडेलले समाजवाद र समृद्धिको यात्रा तय गर्न महत्वपूर्ण योगदान दिनुभएको छ ।”

संगठनमा रहेर पौडेलले आफ्नो सम्पूर्ण योगदान दिएको बताउदै प्रचण्डले भुवानी पौडेलको परिवारले जस्तै हरेक परिवार प्रगतिशील बाटोमा लाग्नुपर्ने विचार ब्यक्त गर्नुभयो। पौडेलको मृत्यु पश्चात गरिएको काजक्रियाले सम्पूर्ण देशलाई नया संदेश दिएको बताउदै उहाले भन्नुभयो:-“नया सोचले देश बिकाश गर्न सजिलो हुन्छ ।तपाईहरुको विचार प्रसंशायोग्य रहेको छ ।”

फरक प्रसङ्गमा उहाले दश बर्षभित्र देशको विकास नयाँ चरणमा जाने बताउनु भएको छ ।“अब दश बर्षभित्र देशको विकास नयाँ चरणमा पुग्छ, उहाँले भन्नुभयो,“देशले लामो समयको युगन्तकारी परिर्वतन गरिसकेको छ । यो सबै परिवर्तनकारी युद्धाहरुको योगदान हो ।”अध्यक्ष प्रचण्डले नयाँ पुस्ताको लागि धेरै वर्ष पछाडिलाई हुने नयाँ सिस्टम बनाउने भइसकेको बताउनुभयो । केही वर्षको बीचमा देशमा भएको परिवर्तनले यो अवस्थासम्म आई पुगेको उहाँको भनाई छ ।

श्रद्धान्जली सभामा बोल्दै नेकपाका प्रदेश ३ का अध्यक्ष नारायण प्रसाद दाहालले पौडेलको निधनले पार्टीमा अतुलनिय क्षति पुगेको बताउनुभयो ।छोरा संदेश पौडेलले शोक मन्तब्य राख्नुभएको सभामा माडी नगरपालिका संगै भरतपुर महानगर प्रमुख,प्रदेश सांसद रामलाल महत्तो,बुद्दिजिबि प्रेम रिमाल लगायतको सहभागिता रहेको थियो । सहभागि र समबेदना दिने सम्पुर्णलाई परिवार सदस्य सन्तोष पनेरुले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

लामो समयदेखि क्यान्सर रोगसंग जुध्दै आउनुभएको उहाँको गत शनिवार दिउँसो निधन भएको थियो।हालै भारतको दिल्लीमा क्यान्सर रोगको उपचार गरी स्वदेश फर्किनुभएका पौडेललाई माडीमा नागरिक अभिनन्दन एवं सामुहिक सम्मान समेत गरिएको थियो ।

शेयर गरौ

ताजा अपडेट