काठमाडौं, १७ माघ । संघीय प्रहरी इकाइ धरानमा कार्यरत् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।
संघीय प्रहरी इकाइ धरानमा कार्यरत् राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई निलम्बन गरिएको हो ।
यसअघि कात्तिकमा धरानकी एक महिला राणाविरुद्ध उजुरी लिएर गृह पुगेकी थिइन् ।
उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेमकुमार राई लगायतलाई भेटेर एसएसपीबाट आफू पीडित बनेको दाबी गरेकी थिइन् ।
राणाले आरोप अस्वीकार गर्दै आएका छन् ।


