कोरोना भाइरसको प्रभाव : भरतपुर अस्पतालमा आइसोलेसन वार्ड स्थापना

चितवन समाचार डटकम,
चितवन १७ माघ । कोरोना भाइरसको महामारी चिनमा फैलिएपछि संकास्पद विरामीलाई उपचार गर्न भरतपुर अस्पतालमा आज आइसोलेसन वार्ड खडा गरिएको छ ।
उपत्यका बाहिर सबै भन्दा धेरै विरामीको चाप हुने भरतपुर केन्द्रीय अस्पतालमा आइसोलेसन वार्ड खडा गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीराम तिवारीले भन्नु भयो ‘संकास्पद व्यक्तिलाई अलगै परिक्षण गरी उपचार गर्नको लागि पाँच शैयाको आइसोलेसन वार्ड खडा गरेका छौ ।’
त्यस्ता विरामी व्यक्तिको ¥याल संकलन गरेर परिक्षणको लागि काठमाण्डौ पठाउने छौ, उनीहरुको उपचार आइसोलेसनमा गरिने छ । उपचारमा दुइजना महामारी रोग विशेषज्ञ डाक्टरलाई खटाइएको छ । शंका लागेका विरामीलाई निगरानीमा राखेर उपचार गर्नको लागि वार्ड स्थापना गरिएको हो ।
अस्पतालको तेस्रो तलामा स्थापना गरिएको आइसोलेसन वार्डमा डाक्टर प्रमोद पौडेल र डाक्टर कल्याण सापकोटा खटिएनु भएको छ । शंकास्पद लागेका विरामीलाई उहाँहरुले मात्रै उपचार गर्नु हुने छ मेसु तिवारीले चितवन समाचार डटकमलाई भन्नु भयो ।
भाइरलका विरामीलाई यस अगाडिपनि अलगै वार्डमा राखेर उपचार गरिदै आएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताउनु भयो । अलगै स्थानमा राखेर उपचार गराउनको लागि परिपत्र भए अनुसार अस्पतालले व्यवस्था गरेको जानकारी दिनु भयो ।
तपाइँको प्रतिक्रिया