सार्वजनिक जग्गा संरक्षणमा खैरहनी नगरपालिकाको सक्रियता

माघ २ गते । खैरहनी नगरपालिका सार्वजनिक जग्गा संरक्षण कार्यमा सक्रिय वनेको छ । नगर भित्र रहेका सार्वजनिक जग्गा भुमाफियाले हडप्ने,साँधसिमानाका जग्गा धनीले चेप्दै जाने क्रम वढेपछि नगरपालिकाले संरक्षण कार्यमा सक्रिय वनेको हो ।

सार्वजनिक जग्गा संरक्षण गर्न खैरहनी नगरपालिका १ को उत्तर तर्फ वहेरीमा बुधवार मिचिएको सार्वजनिक जग्गा नापी गर्ने काम भएको छ । खैरहनीका मेयर लालमणी चौधरी,प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा,नगर प्रवक्ता रामशरण पाण्डे,खैरहनी १ का वडाध्यक्ष भुमीप्रसाद कडेंल,इन्जिनियर राजेश कोईराला लगायतको उपस्थितीमा करिव १ विगाहा जग्गा नापी गरि छुट्याईएको हो ।

नापी गरिएको जग्गा पोल गाडी तारले घेरेर संरक्षण गर्ने नगरपालिकाका मेयर लालमणी चौधरीले वताए । मेयर चौधरीका अनुसार नगरपालिकाले अहिले सम्म करिव १५ विगाहा भन्दा वढि सार्वजनिक जग्गा संरक्षण गरिसकेको छ । खैरहनी ५ मा ९ विगाहा,१० मा डेढ विगाहा,११ को दुई स्थानमा दुई विगाहा ,१३ मा १० कठ्ठा जग्गा संरक्षण गरिएको मेयर चौधरीले जानकारी दिए ।

शेयर गरौ

ताजा अपडेट