हेल्थ साइन्सको हाजिरी जवाफ प्रतियोगितामा सामान्य चिकित्सा प्रथम

चितवन १६ माघ । सहिद दिवस तथा सरस्वती पुजाको अवसर पारेर स्कुल अफ हेल्थ साइन्स भरतपुरमा विहीबार भएको हाजिरी जवाफ प्रतियोगितामा सामान्य चिकित्सा संकाय प्रथम भएको छ ।
प्रतियोगितको दोस्रो स्थान ल्याब र तेस्रो स्थान फार्मेसी संकाय हुन सफल भएका थिए । विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्नको लागि कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियू स्कुल अफ हेल्थ साइन्सका कार्यक्रम संयोजक अंकित वराइलीले जानकारी दिनु भयो ।
पुरस्कृत विद्यार्थीलाई स्कुल अफ हेल्थ साइन्सका शिक्षालय प्रमुख रमन मेहता र अनेरास्ववियूका केन्द्रीय सदस्य देव पाठकले प्रमाण पत्र वितरण गर्नु भएको थियो । कार्यक्रममा सम्वोधन गर्दै देव पाठकले संगठनले विद्यार्थीको शैक्षिक भविश्यका विषयमा आवाज उठाउदै आएको बताउनु भयो । यस्ता शैक्षिक प्रतियोगिताले आफूमा भएको प्रतिभा उजागर हुने बाताउनु भयो । कार्यक्रममा शिक्षालय प्रमुख रमन मेहताले शैक्षिक कार्यक्रमलाई शिक्षालयले प्राथमिकता दिदै आएको जानकारी दिनु भयो ।
प्रतियोगितामा प्रमुख हुने समुहमा भुवन थापा, नविन यादव, मनिका कुमारी साह, राजु यादव रहनु भएको थियो भने दुतीय हुने समुहमा इश्वरा वस्नेत, निरज लहेरा, अंसु पुन मगर, हेमराज काफ्ले रहनु भएको थियो । त्यस्तै गरी तृतीय हुने समुहमा सचिन चापागाइ, रमेश घले, अनुपम ठाकुर, उस्मान अलिमिया रहनु भएको थियो ।
कार्यक्रममा अखिल नेताहरु पोषण केसी, दुर्गा महतरा, शिरिष चापागाइ, तेजबहादुर श्रेष्ठ रहनु भएको थियो । कार्यक्रम अनेरास्ववियूका नेता अंकित वराइलीको सभापतित्वमा सम्पन्न भएका थियो ।


त्यस्तै विहान स्कुल अफ हेल्थ साइन्समा सरस्वती पुजा  गरिएको थियो । विद्यार्थी, शिक्षालयका शिक्षक कर्मचारीहरुले पुजा आरधना गरेका थिए ।

शेयर गरौ

ताजा अपडेट