राष्ट्रपति भण्डारीलाई हेलीप्याडमा सोफा : हजुरियाको झल्को

चितवन १६ माघ  । सामाजिक सन्जालमा यो फोटो अहिले धेरै चर्चामा रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार शहीद स्मारक एवं प्रजातान्त्रिक पार्कको उदघाटन गर्न हेलिकप्टर चढेर हेटौंडा पुग्दा खिचिएको फोटो हो ।

राष्ट्रपतिको स्वागत गर्न बागमतीका प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईं र मुख्यमन्त्री डोरमणि पौडेलको टोली हेलिप्याडमै तैनाथ थियो । राष्ट्रपति सवार हेलिकोप्टर प्रदेश प्रहरी कार्यालय परिसरमा रहेको हेलिप्याडमा अवतरण भएको थियो ।

राष्ट्रपति पूर्वनिर्धारित कार्यक्रममा सहभागी भइन् । फर्किने क्रममा फेरि प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्री सबै बिदाइ गर्न हेलिप्याडमा आए ।

त्यसक्रममा सामूहिक तस्वीर खिचाउने कुरा भयो । राष्ट्रपतिका लागि हेलिप्याडमै सोफा पुर्‍याइयो । राष्ट्रपति सोफामा बसिन्, अरु वरिपरि उभिए र तस्वीर खिचाए ।

राजामहाराजाको जस्तो व्यवहार गरियो , गणतन्त्र कागजमा मात्र आयो व्यक्ति पुजा गर्ने, ज्यु हजुरीया धेरै भयो, यस्ता व्यवहार हटाइयोस भन्दै सामाजिक सन्जालमा यो फोटो भाइरल भएको छ ।

शेयर गरौ

ताजा अपडेट