फुटसलको उपाधी वाल्मिकीलाई

चितवन १५ माघ । भरतपुर १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलको रजत महोत्सवको अवसरमा आयोजित जिल्ला स्तरीय अन्तर बिद्यालय फुटसल प्रतियोगिताको उपाधी वाल्मिकी शिक्षा सदनले हात पारेको छ ।
प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न फाइनल खेलमा सनराइज बोर्डिङलाई ५(० को फराकिलो अन्तरले पराजित गर्दै वाल्मिकीले उपाधी उचालेको हो । बिजेता बनेको वाल्मिकीले शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
यस्तै वाल्मिकीकै हिमाशुं थापा प्रतियोगिता भरकै उत्कृष्ट खेलाडी बनेका छन् । बिजेतालाई ग्रीनल्याण्ड पब्लिक स्कुलकी प्राचार्य इन्दिरा कार्कीले पुरस्कार वितरण गरेकी थिईन् । पुरस्कार वितरण गर्दै प्राचार्य कार्कीले विद्यार्थीहरुलाई अध्ययन अध्यापनसँगै अतिरिक्त कृयाकलापहरुमा सहभागी गराउन सबै बिद्यालयहरुलाई जोड दिईन् । विद्यार्थीको रुची अनुसारनै उनिहरुलाई अघी बढ्न दिनु पर्ने उनको भनाई थियो ।
राजत महोत्सव अन्तर्गत बिहीवार श्रीपञ्चमी बिशेष कार्यक्रम तथा सहिद दिवस, १७ गते प्राथमिक तहको साँस्कृतिक कार्यक्रम, १९ गते जिल्ला स्तरीय अन्तर बिद्यालय हाजिरी जवाफ प्रतियोगिता तथा २० गते जिल्ला स्तरीय अन्तर बिद्यालय बिज्ञान प्रदर्शनी गरिने कार्कीले जानकारी दिईन् ।
यस्तै २१ गते निर्माणाधिन गौतम बुद्द अन्तराष्ट्रिय क्रिकेट रगंशालाई आर्थिक सहयोग, २२ गते भूतपुर्व विद्यार्थी पुनर्मिलन समारोह तथा एल्मुनाइ एसोसियसन र अन्तिम दिन २५ औं वार्षिकोत्सव तथा रजत महोत्सब समारोह गरिने स्कुलले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट