बस्ती पसेको केटो पर्यटकको सेलिब्रेटी

शालिग्राम नेपाल,
सौराहा १५ माघ । सेल्फी खिच्न तँछाडमछाड, कोही छोएर सेल्फी खिच्न आतुर । अन्तरिक पर्यटक होस बाह्य सबैले आफ्नो मोवाइल फोन, डिएसएलआर क्यामरा निकालेर फोटो खिचिहाल्छन् । कोही त माथि चढुँला झैँ गर्छन । कोही धपाएर हिँड्छन् ।
यो हो चितवनको सौराहा क्षेत्रमा चर्ने गैँंडा देखेपछि पर्यटकको व्यवहार । एक वर्ष आगाडिदेखि करिब चार वर्षको गैंडा सौराहा क्षेत्रको वस्तीमा चर्दै आएको छ । वस्तीमा रहेको गैंडा कहिलेकाहीँ होटलको छेउमा चर्न आउँछ । त्यहाँ आएका पर्यटकले दिएको खाने सामग्री, होटल सञ्चालकले दिने सागसब्जीहरु खान गैंडाको केटो आउने गर्दछ ।
स्वदेशी तथा विदेशी पर्यटक एकसिंगे गैंडा र पाटेबाघ हेर्नको लागि चितवन राष्ट्रिय निकुञ्ज भित्र जीप सफारीमा जाने गर्दछन् । त्यही गैंडा वस्तीमा आएपछि नदेखेकोलाई सहज भएको छ ।


दुइ देशका राजदुतलाई चितवन राष्ट्रिय निकुञ्ज जान सोमबार चितवन आउनु भएका भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्य आँखै अगाडि गैंडा देखेपछि अचम्मित हुनु भयो । भन्नु भयो ‘लौ यो मौकामा फोटो खिन्नु प¥यो ।’ जंगलमा परबाट देखिने गैंडा छोएर फोटो खिच्न पाउदा अलगै आनन्द आयो वैद्यले भन्नु भयो । उहाँ मात्र होइन गैंडा हेर्न जम्मा भएकाहरु सेल्फी खिच्नको लागि तडाछमछाड गरिरहेका थिए । विदेशी पाहुना त अझ अचम्मित भएका थिए ।
क्षत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराइले भन्नु भयो ‘यो गैंडाको केटो हाम्रो लागि गहना हो, मानिससंग घुलमिल भएको छ ।’ पर्यटकले सेल्फी खिच्नु हुन्छ सफारीमा जाँदा कहिलेकाहीँ देखिदैन यहाँ आए जतिवेलापनि भेटिन्छ ।
जंगल गएर आएकाले देखेनन् भने यहाँ हेर्न पाइन्छ उहाले भन्नु भयो । एक वर्ष आगाडिदेखि यो गैंडा यहाँ छ । जंगल भित्र लगेपनि फेरि यही आउछ । यो गैंडाको कारणलेपनि पर्यटक आउने गर्दछन् । यहाँका वासिन्दालाई सामान्य भएको छ बाहिरबाट आउनेलाई नजिकै गैंडा देख्न पाउनु ठुलो विषय हो अध्यक्ष भट्टराइले भन्नु भयो ।


होटल व्यवसायी सुमन घिमिरेले भन्नु भयो ‘यो गैंडाले ठुला हानी गरेको छैन तर यसलाई जिस्काउने, छुने काम गर्न हुदैन यसको संरक्षणमा हामी जिम्मेवारी हुनु पर्दछ ।’ मानवसंग घुलमिल भएकाले यसलाई नियन्त्रणमा लिएर जंगलमा लैजान निकुञ्ज प्रशासनले चासो दिएको छैन । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले भन्नु भयो ‘मानिससंग घुलमिल भएको छ त्यसैले हामीले त्यती धेरै ध्यान दिएका छैनौ ।’ एक दुइ पटक जंगल भित्र लगेको पनि हो उहाले भन्नु भयो । फेरि वस्तीमा आएपछि हामीले कुन विधिबाट व्यवस्थापन गर्न सकिन्छ भन्ने सोचेका छौ ।
अहिलेसम्म मानिसलाई आक्रमण नगरेपनि जंगली जनावर मानव वस्तीमा हिड्नु जोखिम भएको संरक्षणकर्मीको भनाइ रहेको छ ।

शेयर गरौ

ताजा अपडेट