कान्तिपुरलाई भनेजती विज्ञापन नदिदा कोटीहोम भाड्ने काम भयो : आयोजक

चितवन १४ माघ । प्रमुख बाचकका कारण विवादमा रहेको नारायणी नदीको किनारमा सञ्चालित कोटीहोम आयोजक समितिले विज्ञापन नदिएको कारण कान्तिपुरले महायज्ञ असफल बनाउन लागेको आरोप लगाएका छन् ।
महायज्ञको विषयमा जानकारी दिने उद्देश्यले यज्ञस्थलमा आज गरेको पत्रकार सम्मेलनमा गुरुसंग ठुलो रकमको विज्ञापन माग गरेको र सो नदिएको कारण पुराका विषय उठाएर भाडेको आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा महायज्ञ मुल आयोजक समितिका महासचिव तथा प्रवक्ता दिलिप न्यौपानेले भन्नु भयो ‘कान्तिपुर टिभीले महायज्ञको प्रचार गर्नको लागि ७५ लाख रुपियाँ माग गरेको थियो, त्यती दिन सकिदैन भनेपछि ७२ लाख रुपियाँ माग ग¥यो त्योपनि दिन सकिदैन भनेपछि भाड्ने समाचार आयो ।’
विज्ञापनको विषयमा टेलिभिजले यज्ञका प्रमुख बाचक बालयोगेश्वरसंग कुराकानी गरेको र सो नमिलेपछि बाचकको विषय उठान गरेको प्रवक्ता न्यौपानले बताउनु भयो । प्रमुख बाचकको व्यक्तिगत विषयमा हामी जिम्मेवारी लिन सक्दैनौ गल्ती भए कार्वाही हुनु पर्दछ तर यज्ञलाई भाड्ने गरी कुनै पक्षबाट काम हुनु हुदैन आयोजक समितिका संयोजक लालबहादुर दवाडीले भन्नु भयो । पत्रिकामा उहाँको विषयमा जे जस्ता कमी कमजोरी भयो भन्ने आएको छ त्यो सम्वन्धीत निकायले अनुसन्धान गर्नु पर्दछ हामी त्यसमा पक्ष विपक्षमा बोल्दैनौ संयोजक दवाडीले भन्नु भयो ।
सामाजिक कार्यका लागि यज्ञ आयोजना भइसकेको छ हामीले यसलाई सम्पन्न गर्ने छौ । प्रमुख बाचकको विषयलाई उठाएर महायज्ञ नै असफल बनाउने तर्फ कसैले लाग्न नहुने आयोजकले जनाएको छ ।
कान्तिपुर लगायतका विभिन्न सञ्चार माध्यममा प्रमुख बाचक बालयोगेश्वरले अमेरिका लैजान्छु भन्दै दर्जन भन्दा धेरै व्यक्तिसंग पसा मागेर ठगी गरेको आरोप लागेको छ ।

शेयर गरौ

ताजा अपडेट