भरतपुरमा खुल्यो दि लाभाण्डिस युनिसेक्स ब्युटी स्यालन

भरतपुर, १३ माघ :

भरतपुरमा आज सोमबारदेखि दि लाभाण्डिस युनिसेक्स ब्युटी स्यालन एण्ड स्पा सञ्चालनमा आएको छ ।

भरतपुर स्थित नहर चोकमा सेवा सञ्चालन गर्ने सो स्यालनको आज एक कार्यक्रमका बिच कलाकार तथा अभियन्ता कुञ्जना घिमिरे ुसुन्तलीु र नेपाली कांग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

लामो समयदेखि सौन्दर्य पेशामा आवद्ध इन्द्रा श्रेष्ठ र उनको परिवारले यसलाई सञ्चालनमा ल्याएका हुन् । उद्घाटन पछि बोल्दै सुन्तलीले सौन्दर्यता मानिसको जिवनमा अपरिहार्य रहेको भन्दै दि लाभाण्डिसले यस क्षेत्रका महिलाहरुलाई उचित सेवा प्रदान गर्ने विश्वास ब्यक्त गर्नु भयो ।

सो अवसरमा बोल्दै सञ्चालक श्रेष्ठले आगामी दिनमा पुरुषहरुलाई समेत सेवा प्रदान गर्ने सोच बनाएको बताउँनु भयो ।

शेयर गरौ

ताजा अपडेट