नेपाल केमिकल सोसाईटीको बाग्मती प्रदेश स्तरिय समिती गठन

भरतपुर, १२ माघ :

वाग्मती प्रदेश अन्तरगत उपत्यका बाहिरका रसायन शास्त्रीहरुको भरतपुरमा आयोजित बृहत भेलाले नेपाल केमिकल सोसाईटीे गठन गरेको छ ।

रसायन शास्त्रको माध्यमबाट समाज रुपान्तरणमा गोगदान गर्ने उद्येश्यले गठित ११ सदस्सिय सोसाईटीको अध्यक्षमा डा. गंगाराम पोखरेल, उपाध्यक्ष डा. ललित कुमार लालदास, सचिव डा. ताराप्रसाद ढुङ्गाना, सह सचिवमा रमा पोखरेल र कोषाध्यक्षमा जगन्नाथ लामिछाने चयन हुनुभएको छ ।

यसैगरि सदस्यहरुमा तोरणद्धिप धिताल, कपिल ज्ञवाली, भोलानाथ गौतम र गुणाखर घिमिरे रहनुभएको छ ।

औद्योगिक क्षेत्र हेटौंडा र चितवनबाट एक एक जनाको प्रतिनिधित्व हुनेगरी दुई सदस्य पछि थप गरिने छ । नेपाल केमिकल सोसाईटी केन्द्रिय कार्यसमितीका महासचिव भानु न्यौपानेको विशेष आतिथ्यतामा शनिबार कार्यक्रम सम्पन्न भएको भेलामा सहभागी हरिहर भुसालले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट