टर्कीमा भूकम्प : २९ जनाको मृत्यु, १४ सय बढी घाइते

टर्की, १२ माघ । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी हालसम्म २९ जनाको मृत्यु हुनुका साथै १४ सय भन्दा बढी मानिसहरू घाइते भएका छन् ।

६.८ रेक्टर स्केलको सो भूकम्प पूर्वी टर्कीको इलाजिग प्रान्तको सिविरिस शहरलाई केन्द्रविन्दु बनाउँदै गएको थियो । भूकम्पबाट भवनहरु भत्किनुका साथै मानिसहरुको भागदौड भएको थियो । बिबिसीका अनुसार भूकम्पमा पुरिएका ४३ जनालाई उद्धार गरिएको छ भने २० जना अझै भूकम्पबाट भत्केका घरको भग्नावेशमा थुनिएको आशंका गरिएको छ ।

टर्कीमा प्रायजसो भूकम्प गइरहन्छ । सन् १९९९ मा पश्चिमी शहर इज्मिटमा गएको भूकम्पमा परी १७ हजार मानिसले ज्यान गुमाएका थिए । शुक्रबार स्थानीय समय अनुसार ८ बजेर ५५ मिनेट जाँदा सो भूकम्प गएको हो । भूकम्पको धक्का छिमेकी मुलुक सिरिया, लेबनान तथा इरानसम्म महसुस गरिएको थियो । एजेन्सी

ताजा अपडेट