कोटीहोम महायज्ञ विवादमा : उद्घाटन गर्न आएका उपराष्ट्रपति पुन फर्किए

चितवन ११ माघ । चितवनको नारायणी नदी किनारमा कोटीहोम महायज्ञको उद्घाटन गर्नकै लागि नन्दबहादुर पुन शुक्रबारै चितवन आएका थिए । उनी शुक्रबार नारायणी नदीमा चल्न लागेको मिनी पानीजहाजसमेत चढेका थिए । आज शनिबार उपराष्ट्रपति पुनले नै कोटीहोम महायज्ञको उद्घाटन गर्ने तयारी थियो । तर कोटीहोम महायज्ञ नै विवादको भूमरीमा परेपछि उपराष्ट्रपति पुनः कोटीहोम महायज्ञको उद्घाटन नगरी फर्कने भएका छन् ।

स्वामी बालयोगेश्वर महाराज बताउने गेरुवस्त्राधारी विजय भण्डारीको नेतृत्वमा आजदेखि कोटीहोम महायज्ञ हुन लागेको थियो । उनै बालयोगेश्वर महाराज बताउने विजय भण्डारी नै ठगीमा संलग्न  भएको भनेर आजको कान्तिपुर दैनिकमा प्रथम समाचार प्रकाशित भएपछि महायज्ञ विवादको भूमरीमा परेको छ । सोही समाचार बाहिरिएपछि उद्घाटन गर्न आएका उपराष्ट्रपति उद्घाटन नगर्दै फर्किन लागेका हुन् । कोटीहोमकै उद्घाटनको लागि चितवन आएका थिए ।

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले कार्यक्रम विवादित बनेपछि उपराष्ट्रपति काठमाडौंमा फर्किन लागेको जानकारी दिए ।

शेयर गरौ

ताजा अपडेट