चितवन १० माघ । चितवनको नारायणी नदीममा निर्माणाधीन क्रुज शिपको उपराष्ट्रपति नन्दबहादुर पुनले आज निरीक्षण गर्नु भएको छ।
आफ्नी पत्नी सहित दुई दिने चितवन भ्रमणमा आउनुभएका पुनले आज दिउँसो क्रुज शिपको निरीक्षण तथा त्यसमा यात्रा समेत गरेका छन् । उपराष्ट्रपति पुन भरतपुर १६ को काभ्रेघाटमा निर्माण भइरहेको क्रुज शिप मार्फत करिब एक घण्टा नारायणी नदीमा सयर गरेका हुन् । उनले क्रुज शिपको यात्रा पश्चात नेपालले विकाशमा राम्रै फड्को मार्दै गरेको बताए ।
क्रुज शिपको निर्माण राम्रो कामको शुरुआत भएको भन्दै उपराष्ट्रपति पुनले यसबारेमा निर्माण पछि कुरा गर्ने बताए । सञ्चारकर्मीको क्रुज शिप सम्बन्धि जिज्ञासामा उपराष्ट्रपति पुनले अहिले निर्माणको काम भइरहेकाले निर्माण पछि मात्रै धेरै कुरा गर्न सकिने बताए । नारायणी नदी किनारमा शनिबारदेखि शुरु हुने एक महिने कोटिहोम महायज्ञको उद्घाटनका लागि पुन चितवन आएका हुन् ।





