सरकारका दुई वर्ष उत्साहजनक भएन : प्रचण्ड

नवलपुर १० माघ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले सरकारका दुई वर्ष उत्साहवर्द्धक हुन नसकेको र निराशाजनक अवस्था पनि नरहेको बताउनुभएको छ ।
नवलपुरमा पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले सरकारका कामको राम्रो प्रचार हुन नसकेको गुनासो पनि गर्नुभयो । दुई वर्ष त्यतिधैरै उत्साहवर्द्धक हुन सकेन। त्यतिधेरै निराशाजनक पनि छैन।
सरकार र पार्टीले गरेका राम्रा काम प्रचार गर्ने काम भएनु, प्रचण्डले भन्नुभयो, ‘पार्टी कमिटी क्रियाशील नभएकाले राम्रा काम स्थापित गर्ने काम हुन सकेन।’उनले स्थानीय र प्रादेशिक सरकारको गल्ती कमजोरी सच्याउन पार्टीले प्रभावकारी भूमिका खेल्न नसकेको बताउनुभयो।  स्थानीय सरकारका कारण कतिपय जनगुनासो देखा परेको तर समाधान गर्न नसकिएको उहाँको भनाइ छ ।

शेयर गरौ

ताजा अपडेट