चितवन प्रीमीयर लीग टि–२० क्रिकेट प्रतियोगिता

चितवन, ९ माघ । सिमएमसी चितवन प्रीमीयर लीग टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्सको आयोजना र चितवन क्रिकेट संघ (क्याक)को सह–आयोजनामा पहिलोपटक सिएमसी चितवन प्रीमियर लीग हुन लागेको हो ।

नारायणगढस्थित क्याम्पाचौरमा यही माघ १७ गतेदेखि २५ गतेसम्म प्रतियोगिता हुने आयोजकले आज (बिहीबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । गैंडाकोटस्थित दि नारायणी रिसोर्टमा भएको पत्रकार सम्मेलनमा बोल्दै इभेन्ट्सका प्रवन्ध निर्देशक राजु चौधरीले चितवनको क्रिकेट विकासका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनले चितवनमै क्रिकेट रंगशाला बनिरहेको अवस्थामा यस प्रतियोगिताले चितवनको क्रिकेट विकासलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले चितवनकै ठूलो क्रिकेट प्रतियोगिता रहेको भन्दै यसले यहाँका खेलाडीहरुलाई एक्सपोजरको राम्रो मौका दिने बताए ।

ताजा अपडेट