चितवन सहितका स्थानमा विहानदेखि वर्षा, माघे झरीले चिसो वढ्यो

चितवन समाचारडटकम

२४ माघ ।
आज बिहानको रातिदेखि चितवनसहित देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ ।
वर्षा भएपछि चितवनमा सहितका स्थानमा चिसो बढेको छ । वर्षाले गर्दा यहाँका शैक्षिक सस्थाको अध्ययन अध्यापनमा समेत प्रभाव परेको छ । बन्दको हल्ला र वर्षाले गर्दा यहाँका शैक्षिक सस्थामा पढाइ हुन सकेको छैन । पश्चिमी वायुको प्रभावले देशका अधिकांश भागमा वर्षा भइरहेको छ । चितनवमा राति ३ बजेदेखि वर्षा सुरु भएको थियो भने राजधानी काठमाण्डौ, मकवानपुर, रौतहट लगायतका स्थानमा हिजो साँझदेखि पानी पर्न थालेको थियो ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार, पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट शुरु भएको वर्षा आज दिनभरी चल्ने सक्ने अनुमान गरिएको छ । रातिदेखि परेको पानी आज दिउसो १२ बजे केही समय रोकिने जानकारी दिनु भयो ।

ताजा अपडेट