हाम्रोमा पढेका विद्यार्थीको भिजा सफलता उच्च छ : पौडेल

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको सख्या हरेक दिन वृद्धि हुदै गएको छ । पछिल्ला वर्ष यता अध्ययनका लागि जापान जानेको सख्या वृद्धि हुदै गएको छ । जापान जाने विद्यार्थीका लागि परामर्श गर्ने सस्था धेरै छन् । ती मध्ये स्थापित सस्था हो सेन्ट्रल कलेज अफ भोकेशलन ट्रेनिङ सेन्टर । जापानिज भाषा पढाएर विद्यार्थीलाई अध्ययनका लागि नेपालबाट धेरै जनालाई पढाउन सफल भएको सस्थाको रुपमा यसलाई चिनिएको छ । जापान जाने विद्यार्थीले के के गर्नु पर्छ । उनीहरु जापान जादा कति खर्च लाग्छलगायतका विषयमा रहेर चितवन समाचार डटकमले सेन्ट्रल कलेज अफ भोकेशलन ट्रेनिङ सेन्टरका प्रिन्सिपल यज्ञविलास (वाइवी) पौडेलसंग गरेको कुराकानीको सारसंक्षेप ।

प्रश्न : सेन्ट्रल कलेज अफ भोकेशलन ट्रेनिङ सेन्टर कस्तो प्रकारको सस्था हो ?
उत्तर : यो भाषा तालिम दिने सस्था हो । स्वदेश तथा विदेशका विभिन्न कलेजमा अध्ययन गर्न जाने तयारीमा रहनु भएका विद्यार्थीलाई भाषाको तालिम दिइन्छ । कुनैपनि विदेशका कलेज युनिभरसिटी, भोकेशनल स्कुल, भाषा स्कुलमा यदी अध्ययन गर्न चाहन्छन् भने उनीहरुलाई आवश्यक पर्ने तालिम भाषा सिकाइन्छ । यदी जापान जाने हो भने जापानिज भाषा पढाउने, सिकाउने अन्य देशमा जाने हो भने त्यस देशको भाषा सिकाउने अध्ययन गर्न जान चाहनेहरुको लागि परामर्श दिने व्यवस्था हुन्छ ।
ति विद्यार्थीलाई आफूले चाहेको देशको विद्यालयमा अध्ययनको लागि भर्ना गराइदिने पुलको काम गर्दछ । २०१० मा स्थापना भएको यो कलेजले विद्यार्थीको शैक्षिक भविश्यको लागि काम गर्दछ ।

प्रश्न : अहिले यो कलेजले केके कार्यक्रम गरिराखेको छ । अहिले चलेको कार्यक्रम के हो ?
उत्तर : अहिले प्रमुख रुपमा एउटा मात्र कार्यक्रम सञ्चालन गरेको छ । जापान जान चाहने विद्यार्थी भिजा, अन्य भिजा, वर्किङ, भिजिट, विजनेस कुनै पनि भिजामा जानेहरुको लागि जापानीज कक्षा सञ्चालन गरिराखेको छ । र उनीहरुलाई आवश्यक पर्ने परामर्श दिएको छ । विद्यार्थी भिजामा जानेहरुको लागि प्रत्यक्ष रुपमा जापानको युनिभरसिटीहरुमा भर्ना गराउन सहयोग गर्ने काम गरिराखेको छ ।

प्रश्न : यस्तै परामर्श दिने सस्था कलेजहरु प्रसस्त छन्, तर पनि यस कलेजमा विद्यार्थीको आकर्शण वढेको कारण के होला ?
उत्तर : मुख्य त जापान जान चाहनेहरुका लागि हामीले आवश्यक पर्ने भाषा योग्य प्रशिक्षक द्धारा समयसमयमा जापानिजहरुलाई यही केही महिना राखेर कक्षा दिन लगाएका छौ । जापानिज व्यवस्थापनको तहमा नै हामीले समयको व्यवस्थापन गरेर अध्ययन, अध्यापन, आन्तरिक परीक्षा, जापानिज सरकारले लिने जेएलपीटी टेस्ट, जापानका आधिकारिक सस्थाले लिने टेष्टहरु, जे टेष्टहरुमा हामीले यहाँका विद्यार्थीलाई सहभागी गराउने गर्दछौ । जापानिज सस्कृतिको विकास हामीले यही गरेका छौ ।
जापानिजको सस्कार कस्तो हुन्छ, त्यहा लगाउने कपडा कस्तो हुन्छ, समय व्यवस्थापन कस्तो हुन्छ लगायत जापानिज व्यवस्थापनमा नै यो कलेज चलाउन हामी सक्षम भएकाले विद्यार्थीको आकर्शण वढेको हो । हामीसंग पढ्ने विद्यार्थीहरुले नेपालमा हुने विभिन्न टेष्टमा उत्कृष्ट नजिता ल्याएको छ । सजिलै संग टेष्टमा उतीर्ण हुन सफल भएकाले यहाँ विद्यार्थीको चाप वढेको छ । भिजाको सफलतामा पनि राम्रो भएको छ ।

 

प्रश्न : जापान जाने भिजाको अवस्था कस्तो छ ? यहा अध्ययन गरेका विद्यार्थी कति प्रतिशत जापान जान पाउछन् ?
उत्तर : हामीले जापानको काम गर्न लागेको सन् २०१२ देखि हो । जापान जाने विद्यार्थी भिजालाई अगाडि बढाएका छौ । जति वर्ष वित्दै जादैछ त्यती विद्यार्थीको सख्या, यहाँको व्यवस्थापन गुणस्तर रुपमा अगाडि बढेको छ । सतप्रतिशत भिजा लाग्ने अवस्था छ भनेर हामी भन्दैनौ तर पनि नेपालका अन्य सस्था भन्दा हाम्रो उतीर्ण सफलता धेरै छ । हाम्रोमा अध्ययन गरेका ७५ देखि ८० प्रतिशत विद्यार्थीलाई बाहिर पठाउन सफल भएका छौ । नेपालबाट जापान जानेहरुको ५० प्रतिशत भन्दा कम हुदाहुदै पनि हाम्रोमा अध्ययन गरेका विद्यार्थीको भने ८० प्रतिशतसम्म भिजा लाग्न सकेकाले हाम्रो सस्थाको विश्वास वढेको छ ।
आजभोली नेपालबाट पढ्न जानको लागि जापान जान केही जटिलता छ । यदी विद्यार्थीले राम्रोसंग अध्ययन गर्छ, भाषा पढ्छ भने त्यस्ता विद्यार्थीलाई भिजा लाग्न समस्या छैन ।

प्रश्न : अन्य तरिकाले भिजा प्रकृया गरेकालाई पनि भाषा कक्षा पढाउछौ भन्नु भएको छ त्यस्ता विद्यार्थी कतिको आउने गरेका छन् ।
उत्तर : पछिल्लो समयमा जापानले वर्किङ भिजा खुलेकाले नेपाली विद्यार्थीले कमै मात्रामा नाम निकाल्न सफल भएका छन् । त्यही वर्किङले गर्दा धेरै ठुलो सख्यामा जापानिज भाषा पढ्न विद्यार्थी आएका छन् । वर्किङ, विजनेस, डिपेन्डेन्ट भिजामा जापान जान चाहनेहरुका लागि पनि जापानिज भाषा अध्ययन गर्न, परामर्श लिन तालिम लिनको लागि आएका छन् । हामीले गर्ने भनेको प्रमुख विद्यार्थी भिजा नै हो ।

प्रश्न : जापान जान विद्यार्थी भिजाको लागि अधिकतम र न्युनतम कतिसम्म अभिभावकले खर्च गर्नु पर्दछ ?
उत्तर : विद्यार्थी भिजामा जापान जाने विद्यार्थीले एभरेजमा भन्दा ६ महिनाको होस्टेल शुल्क, एक वर्षको कलेजको शुल्क लाग्दछ । ठाउ हेरेर, कलेज हेरेर, युनिभरसिटी हेरेर प्राय गरी ९ देखि १० लाख रुपियाँ नेपाली पर्न जान्छ । त्यसको अलवा उसको हवाइ टिकटको पैसा, आफूले गर्ने खर्च खुद्रा पैसा, कन्सलटेन्सीले लिने सेवा शुल्क, उसले नेपालमा गर्ने सपिङ सबै जोड्दा होलसेलमा १२ देखि १३ लाखरुपियाँ खर्च लाग्ने देखिन्छ । थोरै विद्यार्थीको मैले भनेको भन्दा केही महंगो र केही सस्तो पनि पर्न जान्छ ।

प्रश्न : विद्यार्थी भिजामा जाने नेपालीहरुको प्रमुख उद्देश्य पैसा कमाउन जाने हुन्छ । जापान जाने विद्यार्थीहरुले सजिलो गरी धेरै पैसा कमाउन सक्ने अवस्था छ छैन ?
उत्तर : सजिलै कमाउन सक्ने अवस्था पनि छ । त्यसको लागि केही मापदण्ड पूरा गरेको हुनु पर्दछ । नेपालबाट स्नातक वा स्नातकोत्तर तह पास गरेको छ । वा नर्सिङ, आइटीमा स्नातक गरेको छ । कृषि पढेको छ भने उसले जापान गएर एक वर्ष जापानिज भाषा पढेर प्रत्यक्ष वर्किङ भिजा परिर्वतन गर्न सक्छ । राम्रोसंग कमाउन सक्छ आफ्नो परिवार सजिलै लैजान सक्छ । प्राय गरेर प्लसटु गरेर जानेहरुको लागि भने ३÷४ वर्ष अध्ययन गर्नु पर्ने भएकाले जाने वितिकै वर्किङ भिजामा पाउदैनन् । जानेवितिकै पैसा धेरै कमाउन सक्दैनन् ।

प्रश्न : अन्त्यमा यस सेन्ट्रल कलेजले जापान जाने विद्यार्थीको लागि राम्रो काम गरेर नाम कमाएको छ । यस सस्थाको प्रमुखको हैसियतले अभिभावक, विद्यार्थीलाई के भन्न चाहनु हुन्छ ?
उत्तर : सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टरको प्रिन्सिपलको हैसियतले भन्नु पर्दा विद्यार्थी, अभिभावक वा कुनै पनि व्यक्ति जापान जाने सोच बनाउनु भएका अध्ययन गर्ने सोच भएकाहरुलाई एक पटक सेन्ट्रल कलेज पुतली सडक काठमाण्डौं, चितवनको सहिद चोक नारायणगढ, टाँडी, पर्सा, नवलपरासीको कावासोती, हेटौडाको स्कुल रोड, कास्कीको न्युरोड, रुपन्देहीको वुटवललगायत विभिन्न स्थानमा यसको शाखा कार्यालयहरु रहेको छ । त्यहाँ गएर तपाइहरुले परामर्श लिनु होला । जान जाने हो भने जापानिज भाषा अनिवार्य आवश्यकता छ । त्यहाँ अग्रेजी भाषा थोरै प्रयोग हुन्छ । तपाइहरु भाषा परामर्शका लागि एक पटक सेन्ट्रल कलेजमा आउनु होला । जाने नजाने यहाँ पढ्ने नपढ्ने तपाइको बिचार तर एक पटक हाम्रो सस्थामा आउनु होला ।

यो अन्तरवार्ताको भिडियो चितवन समाचार(chitwansamachar.com) को फेसबुक पेजमा हेर्न सक्नु हुन्छ । पेज लाइक गर्नु भएको छैन भने गर्नु होला ।

शेयर गरौ

ताजा अपडेट