बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई भरतपुरमा स्वागत

चितवन, ८ माघ । बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई भरतपुर  भरतपुर महानगरले विमानस्थलमा पन्चेवाजा सहित स्वागत गरेको छ ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहाले उनलाई स्वागत गरेकि हुन । नेपालमा भएको स्वागतले आफुलाई खुसी लागेको उनले बताइन ।

आजै कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पताल क्षयरोग पोषण केन्द्रको राजकुमारी र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । श्रीमान सहित आएकी उनि दुई दिनसम्म चितवन राष्ट्रिय निकुन्ज घुम्ने छिन् । उनी एकहप्ता लामो भ्रमणका क्रममा नेपाल आएकी हुन् ।

स्वागतको फोटो फिचर

 

शेयर गरौ

ताजा अपडेट