ग्लोबल रिचको अष्ट्रेलिया एजुकेसन फेयर आइतबार

 

चितवन ४ माघ । शैक्षिक परामर्शदाता संस्था ग्लोबल रिच चितवनको ‘द बिगेस्ट अष्ट्रेलिया एजुकेसन फेयर २०२०’ यही आइतबार हुदै छ ।
लामो समयदेखि उच्च शिक्षाका लागि अष्ट्रेलिया जान इच्छुक नेपाली विद्यार्थीहरुलाई परामर्श दिदै आईरहेको संस्थाले आयोजना गर्न लागेको फेयरमा अष्ट्रेलियाका प्रतिष्ठित ११ वटा युनिभर्सिटी तथा कलेजहरुको सहभागीता रहनेछ । फेयरमा अष्ट्रेलियाका प्रतिष्ठित ९ वटा युनिभर्सिटी र २ वटा कलेजका प्रतिनिधिहरुको सहभागीता रहने ग्लोबल रिचका क्षेत्रीय प्रबन्धक सुरेश पौडेलले जानकारी दिनु भयो ।
उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने सपना बनाएका विद्यार्थीहरुलाई यथार्थ परामार्श दिनका लागि फेयर आयोजना गरिएको पौडेलले बताउनु भयो । ग्लोबल रिचले हरेक बर्ष दुई वटा फेयर आयोजना गर्दै आईरहेको छ । आईतवार हुन गईरहेको फेयर बर्ष २०२० को पहिलो हो । मार्च अप्रिल र जुलाई इन्टेकलाई लक्षित गर्दै फेयर गर्न लागिएको पौडेलले बताउनु भयो ।
फेयरमा उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुले सिधै युनिभर्सिटी तथा कलेजका प्रतिनिधीहरुसँग परामर्श लिन सक्ने उहाले जानकारी दिनु भयो । फेयरमा विद्यार्थीहरुले बिभिन्न युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरु सँग वान टु वान परामर्श लिन सक्नेछन् ।
फेयरमा विद्यार्थीहरुले युनिभर्सिटी तथा कलेज सँगै त्यहा पढाई हुने बिषय, छात्रवृत्ती, अष्ट्रेलियन रहनसहन लगायतको बिषयमा सजिलै बुझ्न सकिने पौडेलले बताउनु भयो । फेयरमा परामर्श लिने विद्यार्थीहरुलाई कलेज तथा युनिभर्सिटी छनोट गर्न पनि सजिलो हुने उहाको भनाई छ ।
फेयरमा सहभागी विद्यार्थीहरुलाई लक्की ड्र मार्फत आइएलटिएस र टोफेलमा छुट दिईने पौडेलले बताए । यस्तै उपस्थित सम्पूर्ण विद्यार्थीहरुलाई आकर्षक पुरस्कार दिईने पनि उनले जानकारी दिए । भरतपुर गार्डेन रिसोर्टमा हुने फेयर बिहान १० बजे देखी अपरान्ह ४ बजे सम्म चल्नेछ । अष्ट्रेलिया जानु अघी आवश्यक सबै बिषयमा जानकारी लिए पछी ठगिन दुस्ख पाउनबाट बच्न सकिने भएकोले सहभागी भई परामर्श लिन पौडेलले सबै विद्यार्थीहरुलाई आग्रह गरे ।

शेयर गरौ

ताजा अपडेट