टेलिकमको फोरजीमा आकर्षण वृद्धि

काठमाडौं, ४ माघ । देशभर फोरजी सेवा विस्तार सुरु गरेको करिब पौने दुई वर्षपछि नेपाल टेलिकमका फोरजी ग्राहकको संख्या १६ लाख नाघेको छ । टेलिकमले दुई महिनामा आफ्नो फोरजी ग्राहक संख्यालाई करिब दोब्बर बनाएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको भदौसम्मको तथ्यांकअनुसार टेलिकमका फोरजी ग्राहक १६ लाख ४ हजार छन् । असारसम्म टेलिकमका यस्ता ग्राहक ८ लाख ४३ हजार मात्रै थिए ।

हालसम्म नेपालमा फोरजी सेवाका ग्राहक ५५ लाख १६ हजारभन्दा बढी छन् । जसमध्ये सबैभन्दा बढी ग्राहक एनसेलका भएको प्राधिकरणको तथ्यांक छ । प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनअनुसार एनसेलका फोरजी ग्राहक ३७ लाख २९ हजार छन् । स्मार्ट टेलिकमका फोरजी ग्राहक संख्या १ लाख ८२ हजार छ ।

शेयर गरौ

ताजा अपडेट