भरतपुर, ३ माघ :
राष्ट्रिय एकता दिवस २०७६ को अवसरमा वडास्तरीय अन्तर टोल बिकास संस्था वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
आज एक कार्यक्रमका बिच बिद्यार्थीहरुबिच विभिन्न बिषयहरुमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो ।
युथ क्लब भरतपुरको आयोजना गरिएको कायक्रममा वडा नम्बर ९ का वडाध्यक्ष यमलाल कंडेल प्रमुख अतिथि रहनुभएको थियो ।
भरतपुर महानगरपालिका युवा संजालका संयोजक सन्देश वाग्ले विशेष अतिथि रहनुभएको कार्यक्रममा वडा भित्रका ७ वटा टोल बिकास संस्थाबाट करिब १४ जना सहभागी भएको क्लवका सचिव एवम् कार्यक्रमका संयोजक शिबु क्षेत्रीले जानकारी दिनुभयो ।
संयोजक क्षेत्रीका अनुसार शिवमार्ग टोल बिकास संस्थाबाट सहभागी आस्था ढकाल प्रथम, सोही टोलकी दिव्या कंडेल द्वितीय, हितैषी टोल बिकास संस्थाबाट सहभागी अनु थापा तृतीय र कांडाघारी टोलकी सेलुना न्यौपाने सात्वना स्थान हासिल गरेका छन् ।
विजेताहरुलाई नगद पुरस्कारका साथै प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर ९ को कार्यालयमा गरिएको संयोजक क्षेत्रीले बताउनु भयो ।


