चितवन समाचारडटकम, माघ २३ ।
नेपाल पत्रकार महासङ्घ चितवनकाे अायाेजनामा जिल्लामा रहेका पत्रकारहरुका लागि वातावरण सम्वन्धि दुई दिने तालिम अाज भरतपुरमा शुरु भएको छ ।
भरतपुर महानगरपालिकाकाे सहयोगमा अायाेजित तालिममा वातावरण क्षेत्रमा महानगरवाट भएका प्रयास र जलवायु परिवर्तनका कारण र प्रभाव वारे प्रशिक्षण दिइने अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिनुभयाे ।
त्यसै गरि फाेहाेर व्यवस्थापनकाेे चुनाैति एवम् पत्रकारहरुकाे भुमिका विषयमा प्रशिक्षण दिइने र पटिहानि र मेघाैलिमा फिल्ड भिजिट गराउने कार्यक्रम छ ।
तालिममा वरिष्ठ पत्रकार हस्त गुरङ प्रशिक्षक हुनुहुन्छ । भरतपुर महानगरका वातावरण विभाग प्रमुख विराट घिमिरे , उपसचिव कुलवहादुर जिसिले पनि महानगरका प्रतिवेदन राख्नुहुनेछ ।
उद्घाटन समाराेहमा महानगर उपप्रमुख पार्वती शाहले यस तालिमले वातावरण क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई सहजता हुने विश्वास व्यक्त गर्नुभयाे । कार्यक्रममा पत्रकार महासङ्घ चितवनका उपाध्यक्ष नारायणप्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियाे । तालिममा जिल्लाका ३० जना पत्रकारहरु सहभागी छन् ।