चितवन ३ माघ । जिल्ला प्रहरी कार्यालय चितवन भित्र लागू औषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि कानुनी तथा मनोसामाजिक निःशुल्क परामर्श केन्द्र स्थापना गरिएको छ ।
केन्द्रको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खानालले शुक्रबार संयुुक्त रुपमा उद्घाटन गर्नु भएको हो । नेपाल प्रहरीको सामुदायिक प्रहरी कार्यक्रम अन्र्तगत यो केन्द्र स्थापना गरिएको हो । बढ्दो लागूऔषधको प्रयोगलाई रोकथाम गर्न केन्द्रले काम गर्ने प्रहरीले जानकारी दिएको छ । लागूऔषध मुद्दामा पक्राउ परेकालाई यस केन्द्रमा निःशुल्क परामर्श दिई यसको नकारात्मक असरबारे अध्ययन गराईने छ । केन्द्रको सञ्चालन गर्न भरतपुर महानगर र नेपाल प्रहरी बीच सम्झौता भएको छ ।
लागू औषध ब्युरोका प्रमुख वसन्त लामाले भन्नु भयो ‘दुब्र्यसनीमा फसेकाहरुलाई नयाँ जीवन दिन केन्द्रले विज्ञहरुको उपस्थितिमा प्ररामर्श दिने छ ।’ केन्द्र स्थापनापछि त्यस्ता दुव्र्यसनीहरुलाई फेरि समाजमा सामाजिक जीवन जिउन सक्नेगरी बाहिर आउन सक्ने उहाले जानकारी दिनु भयो । एक पटक कुलतमा परेकाहरु सधै विग्रन्छन्, उनीहरुलाई सुधार गर्न सकिदैन भन्ने वुझाइलाई गलत सावित गर्ने उहाले बताउनु भयो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भन्नु ‘भयो चितवन देशकै मध्य भागमा रहेकाले यस्तो केन्द्रको आवश्यकता थियो ।’ यसबारे जनचेतना फैल्याउन पाठ्यक्रममा पनि समावेश गर्नुपर्नेमा दाहालले जोड दिनुभयो । यो समस्या समधान गर्न सबै क्षेत्रका व्यक्तिहरु सहभागीता बिना सम्भव नरहेको उहाँको भनाई थियो ।
नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले लागूऔषध नियन्त्रण गर्न समुदायमा पनि शैक्षिक संघसंस्थामा पुग्नु पर्ने औल्याउनु भयो । लागूऔषधकै कारणा विभिन्न किसिमका अपराधजन्य घटना घट्ने गरेकाले यसको नियन्त्रण जरुरी रहेको उहाले बताउनु भयो । नेपाल प्रहरीले लागूऔषध मुद्दामा पक्राउ गरेर छुट्ने समयमा परामर्श दिनुपर्ने भएकाले केन्द्र स्थापना गरेको उहाँको भनाई थियो । पछिल्लो समय पुनस्थापना केन्द्रको नाममा थप बिकृति भित्रिएको उदाहरण पनि रहेको खनालले बताउनु भयो ।


