रजत महोत्सवमा विविध कार्यक्रम

चितवन समाचार डटकम चितवन ,२२ माघ : 

नारायणि ई पब्लीक माध्यमिक विद्यालय भरतपुरकोे रजत महोत्सवको अवसरमा शुक्रबारवाट सुरु भएको अन्तर विद्यालय फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

नारायणि अल्मोनाई एसोसीयसनको आयोजनामा भएको अन्तर विद्यालय ग्यालेक्सी कन्सलटिङ फुटसल प्रतियोगितामा १९ टिमको सहभागिता रहेको थियो । १८ टिमलाई हराउँदै वाल्मिकी शिक्षा सदनले पहिलो स्थान हासिल गरेको छ । यसैगरी नारायणी इङ्लिस पव्लिक स्कुल दोस्रो भएको छ ।

उक्त फुटसल प्रतियोगितामा प्रथम हुने टिमले रु १५ हजार शिल्ड र मेडल, द्धितीयले १० हजार शिल्ड र मेडल पाउनेछन् । पुरस्कार विद्यालयको रजत महोत्सवको अवसरमा आगामी फागुन ५ गते वितरण गरिने छ । कार्यक्रम विद्यालयका अध्यक्ष राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैगरी सोहि अवसरमा अन्तर विद्यालय शिक्षक भलिवन प्रतियोगिता सम्पन्न भएको छ ।

२२ वटा विद्यालयको सहभागिता रहेको उक्त कार्यक्रममा ग्लोरियस एकेडेमी प्रथम भएको छ ।

यसैगरी न्यू होराइजन ई. स्कुलले दास्रो स्थान हासिल गरेको छ भने लोटस एकेडेमीले तस्रो स्थान हासिल गरेको छ ।

ताजा अपडेट