ट्रकले मोटरसाइकललाई ठक्कर दिदा भण्डारामा एकजनाको मृत्यु

चितवन २४ पुस । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत चितवनको भण्डारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक गोरखा भिमसेन गाउपालिका वडा ४ का ३५ वर्षीय ईन्द्र तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा सोही स्थान घर भएका २४ वर्षिय सुगम तामाङ घाइते भएका छन् । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भई राखेको छ ।
टाँडीबाट लोथरतर्फ जादै गरेको प्रदेश नं ३ –०२–००५ प नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना.७.ख. ४६६० नम्बरको ट्याङकरले पछाडि बाट ठक्कर दिएको थियो । घटना बारे अनुसन्धान भइराखेको प्रहरीले जनाएको छ ।
फोटो : धु्रबराज खनाल

शेयर गरौ

ताजा अपडेट