उवासंघको निर्वाचनमा अर्को समुहको प्यानल घोषणा

चितवन २४ पुस । उद्योग वाणिज्य चितवनको निर्वाचन नजिकिदै गर्दा अर्को समुहले प्यालन घोषणा गरेको छ ।
निर्वाचनमा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष सहित शाक्य र कडेलले प्यानल घोषणा गरेका हुन् । आज नारायणगढमा पत्रकार सम्मलेन गरी ज्ञानेन्द्रमान शाक्य अध्यक्षमा र विष्णुप्रसाद कँडेलले वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका हुन् ।
अध्यक्षका उम्मेद्वार ज्ञानेन्द्रमान शाक्यले व्यवसायीको चाहना र गोलाप्रथाको सिण्डिकेटका विरुद्ध आफूले उम्मेद्वारी घोषणा गरेको जानकारी दिनु भयो । गोलाप्रथा गर्नु लाजमर्दो भएको उहाल बताउनु भयो । उद्योग वाणिज्य संघको निर्वाचनको समयमा शाक्यले प्राय अध्यक्षको उमेद्वारी घोषणा गर्दै आउनु भएको छ । तर अहिलेसम्म जित हासिल गर्न सक्नु भएको छैन ।
वर्तमान २०७४–७६ को कार्यकालमा उहाले अध्यक्षको उम्मेद्वारी घोषणा गर्नु भएको थियो । पछि अध्यक्ष शहनलाल प्रधानलाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको थियो । यसपटक कुनै हालतमा पनि उम्मेद्वारी फिर्ता नलिने शाक्यले प्रष्ट पार्नु भयो । ।
यस्तै पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्षका उम्मेद्वार विष्णुप्रसाद कँडेलले तीन हजार बढी व्यवसायीलाई गुमराहमा पार्ने काम गरेकोले आफ्नो उम्मेद्वारी घोषणा गरेको बताउनु भयो । वरिष्ठ उपाध्यक्षका उम्मेद्वार कँडेल यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा पराजित हुनु भएको थियो । यसपटक सबै व्यवसायीहरुको साथ र सहयोग लिएर निर्वाचनमा होमिएको कँडेलले बताउनु भयो ।
उद्योग वाणिज्य संघ चितवनमा तीन हजार ७८२ जना मतदाता रहेका छन् । यसपटक अधिवेशनमा संस्थापन पक्षको छुट्टै प्यानल रहेको छ । संस्थापन प्यानलबाट अध्यक्षमा राजु श्रेष्ठ र वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ चुनावी मैदानमा उत्रेर प्रचार प्रसारमा हिडेको छ ।
उद्योग वाणिज्य संघ चितवनको यही पुस २८ र २९ गते ५३ औं वार्षिक साधार सभा तथा अधिवेशन हुँदै छ । नयाँ नेतृत्वका लागि भोलिबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।

शेयर गरौ

ताजा अपडेट