रत्ननगर २२ माघ ।
रत्ननगरका तामाङ समुदायले मंगलवार टिकौलीमा एक भव्य कार्यक्रको आयोजना गरी ल्होसार पर्व बनाएका छन । नेपाल तामाङ घेदुङ रत्ननगर नगर समितिले आयोजना गरेको सो कार्यक्रम प्रदेश नं ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले उद्घाटन गरेका थिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले तामाङ समुदाय संस्कृति संरक्षणसंगै उत्पादनशिल क्षेत्रमा अग्रसर हुने बेला आएको बताए । तामाङ समुदायले मुलुक र आफ्नो लागि धेरै गर्नुपर्ने कामहरु छन उनले उत्पादनशिल क्षेत्रमा लाग्ने हो भने मुलुकका लागि पनि हुन्छ व्यक्ति पनि धनि हुन्छ । मन्त्री लामाले उत्पादनशिल क्षेत्रमा क्रियाशिल भएर लाग्ने तामाङ समुदायलाई आग्रह गरे । यो समुदायले परम्परागत शैली विस्तारै छाड्नु पर्छ उनले भने जातीय पहिचान र व्यक्तिगत सुधारको लागि पनि तामाङ समुदाय परिर्वतन हुन जरुरी छ । कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले तामाङ समुदाय सहित अन्य जातजातीले मनाउने चार्डपर्वको स्वामित्व नगरपालिकाले लिने बताए । उनले नगरभित्र रहेका विभिन्न जातजातीको संस्कृतिलाई पर्यटनसंग जोडेर आम्दानीको श्रोत बनाउने बताए । उपमेयर विमला दुवाडीले सबै जातजातीले मनाउने चार्डपर्वलाई नगरपालिकाले सम्मानका रुपमा लिएको बताइन । कार्यक्रममा तामाङ समुदायबाट निर्वाचित वडा नं १ का वडा अध्यक्ष शंकरसि तामाङ,वडा नं १२ का वडा अध्यक्ष वीरबहादुर पाख्रिन,कार्यपालिका सदस्य सरस्वती लामा,वडा सदस्यहरु सोमवहादुर तामाङ,ठुलाकान्छा तामाङ,रामबहादुर तामाङ तथा संरक्षणकर्मी विण्णु लामा,धिपन लामा,हर्कमान लामा,रामकुमार तामाङलाई सम्मान गरिएको नेपाल तामाङ घेदुङ रत्ननगरका सचिव आशिक तामाङले जानकारी दिए । कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी, नेपाल तामाङ घेदुङ चितवनका अध्यक्ष गोपिलाल घलान,नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे,घेदुङका उपाध्यक्ष शेरबहादुर तामाङ लगायतले मन्तव्य राखेका थिए । घेदुङ रत्ननगरका अध्यक्ष कृष्ण लामाको अध्यक्षतमा भएको सो कार्यक्रममा राष्ट्रिय कलाकार मिलन लामा,भूवन प्यासी,हरि योन्जन,चिजा तामाङ लगायत स्थानीय कलाकारहरुले प्रस्तुती दिएका थिए । तामाङ समुदायले विहान रत्ननगरको बकुलहर देखि टिकौली सम्म ¥याली निकालेका थिए ।
