एजेन्सी। इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटना भएको छ । विमानमा सवार सबैको मृत्यु भएको छ ।
फ्लाइट रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको देखिएको छ । विमानमा १८० यात्रु र चालक दलका सदस्य रहेको बताइएको छ । प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको इरानको मिडियाले जानकारी दिएको छ ।
दुर्घटना इरान(अमेरिका तनावसँग जोडिएको छ वा छैन भन्नेबारे केही खुलाईएको छैन् । बुधबार बिहान इरानले इराकमा रहेका दुई वटा अमेरिकी सैन्य अखडामा रकेट प्रहार गरेको थियो।


