चितवनमा मनाइयो ल्हाेछार,पर्वले भातृत्व वढाउने पाेख्रेलकाे भनाई

चितवन, २२ माघ ।
साँस्कृतिक पर्व २८५५ औँ सोनाम ल्होछार तामांग समुदायले चितवनमा पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । भतरपुर, पुर्वि चितवनको रत्नगर, पश्चिम चितवनका विभिन्न स्थानमा साँस्कृतिक तथा सुभकामना आदानप्रदान कार्यक्रम गरी मनाएको छ ।

भरपुर नगर तामान समाजले भरतपुर ११ भोजाडमा रहेको छेच्यु थर्पलिंग गुम्बामा साँस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा तामान भुेसभुसासहित हजारौँको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सांम्सद कृष्णभक्त पोख्रेलले सोनाम ल्होछारको शुभकामना दिदै यस्ता चाडपर्वले सवै जातजाती, समुदायविच एकआपसमा भातृत्व कायम गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली समाजमा सयौँ जात जाती, भाषा, संस्कृति रहेकाले एकले अर्काको धर्म सस्कार सस्कृति सवैले मनाउनुपर्नेमा जोड दिनुभयो ।  

शान्तिका अग्रदुत गौतम बुद्ध जन्मिएको मुलुकमा नेपाली सस्कृतिको बगैँचा रहेकाले यसलाई विश्वमाझ चिनाउन आवश्यक रहेको बताउर्दै पोख्रेलले शान्तिपुर्ण समाज निर्माणमा सवै मिलेर बस्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल तामान घेदुंग चितवनका निवर्तमान अध्यक्ष मोहन लामाले संस्कार संस्कृति नयाँ पुस्ताले सम्हाल्दै अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले चाडपर्वलाई राज्यले समान दृष्टिकोणले हेर्नुपर्ने भन्दै ल्होछारको विदा कटौति गरेर संघिय सरकारले राम्रो नगरेको बताउनुभयो । प्रदेश ३ मा भए पनि सार्वजनिक विदा दिएर केन्द्र सरकारले लगाएको चोटमा प्रदेश सरकाले मल्हम लगाएर लामाको भनाई छ ।

कार्यक्रममा लोक तामांग, राम बहादुर योञजन, पंच बहादुर तामांग, ओमराज योञ्जनलाई दोल्ला ओढाई सम्मान गरीएको थियो भने दोंग समाज, पाख्रिन समाज र कर्म जिम्बालाई प्रसंसा पत्रले सम्मान गरीएको थियो । कार्यक्रमा गायक सिवम लामा, सेलो गायक जेवि जिम्बा लगायतले दर्जनौ गित प्रस्तुत गरेका थिए भने विभिन्न समुह, क्लबले २ दर्जनबढी नृत्य प्रस्तुत गरेका थिए ।  गायक सिवम लामाले छेच्यु थर्पलिंग गुम्बा निर्माणका लागी व्यक्तिगत ५०००० नगद सहयोग गर्नुभएको थियो ।

कार्यक्रम परिसरमा आयोजना गरीएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरे । यस्तै चित्रकला प्रतियोगता लगायतका अन्य विभिन्न प्रतियोगिता पनि आयोजना गरीएको समाजका सचिव सुर्य प्रकाश लामाले बताउनुभयो ।

प्रतिमान थिंग, अधिवक्ता अजय तामांग, बुद्धि ग्लान, खेन्पो दावा तामांग, राज बहादुर बोम्जन लगायतले मन्तव्य राख्नुभएको कार्यक्रम समाजका अध्यक्ष गंगालाल तामांगको अध्यक्षतामा सम्पन्न भएको थियो ।

ताजा अपडेट