चितवन १९ पुस । सामाजिक कार्यका लागि रकम संकलन गर्ने उद्देश्यले नारायणी नदी किनारमा कोटीहोम महायज्ञ हुने भएको छ ।
धार्मिक स्थललाई विकास गर्न, रोगीका विपन्न परिवारलाई सहयोग गर्नको लागि आउदो माघ ११ गतेदेखि फागुन ११ गतेसम्म कोटीहोम महायज्ञ हुन लागेको हो । एकमहिना लामो महायज्ञ यस अघि चितवनमा आयोजना नभएको आयोजकले शनिबार नारायणगढमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ऐतिहासिक एकसय आठ कुण्डीय कोटिहोम महायज्ञ एवं श्रीमद्भागवत धन धान्याचल पितुमोक्ष विराट ज्ञान महायज्ञ आयोजना हुन लागेको हो ।
महायज्ञबाट उठेको रकमले जगतपुर स्थित पशुपतिनाथ मन्दिरलाई बृह्त धामको रुपमा विकास गर्ने, चितवनमै पहिलो आयुर्वेदिक शिक्षालय स्थापना गर्ने र क्यान्सर रोगबाट पीडित विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले पशुपति मन्दिर व्यवस्थापन समितिको आयोजना रहेको छ ।
महायज्ञको उद्घाटन एकसय आठ तीर्थस्थलको जल, एकहजार आठ गौमाताको दुग्धधारा सहित हेलिकप्टरबाट पुष्प वृष्टिबाट गरिने छ । एक महिनासम्म चलने यस महायज्ञमा १ सय ८ पण्डितद्वारा १ सय ८ हवन कुण्डमा विशेष जडिबुटिसहित एककरोड २५ लाख मन्त्र जपद्वारा कोटिहोम, चार वेद, १८ पुराण, अष्टोत्तरशत १ सय ८ श्रीमदेभागवत पाठ परायण, तुलादान, पितृमोक्ष, २१ करोड दीप प्रज्वलन, १ करोड पार्थीव शिवलिङ्ग निर्माण तथा पूजन, ५१ सय कलश पूजन, भूमि पूजन, अन्न पूजन, दुःख निवारण यज्ञ लगायतका कार्यक्रमहरु रहेको छ ।
बालयोगेश्वर महाराज व्यासाचार्यले इतिहासमै पहिलो पटक यस्तो किसिमको महायज्ञ हुन लागेको जानकारी दिएको छ । महायज्ञको मुख्य बाचक रहनु भएका बालयोगेश्वरले १० लाख भन्दा बढी भक्तजनहरुले यसको अवलोकन गर्ने अनुमान गर्नु भएको छ । अहिलेसम्म सबैलाई ठाउँठाउँमा गएर दान दियौँ पटक–पटक, कोटिहोम महायज्ञलाई कोही नछुटी सबैले दान दिउँ यस पटक भन्ने नाराका साथ यस महायज्ञको प्रचार–प्रसार भईरहेको छ । नेपाल भ्रमण वर्षसंगै जोडीएको यस महायज्ञले धार्मिक पर्यटन प्रवद्र्धनमा विशेष सहयोग पु¥याउने आयोजनकले विश्वास गरेको छ भने धन धान्याचलबाट २५ करोड उठाने अनुमान गरिएको छ ।


