भरतपुर । ज्ञानज्योति टोल विकास संस्था भरतपुर ११ चितवनको दोश्रो साधारणसभा तथा पहिलो अधिवेशन संस्थाका अध्यक्ष दीर्घबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न भएको छ ।
साधारणसभाको भरतपुर महानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष बाबुराम अधिकारीले समुद्घाटन गरे । उक्त अवसरमा नवजागृति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पुस्तक गौतम, नेकपा भरतपुर ११ का अध्यक्ष प्रकाश आचार्य, नेपाली काँग्रेस भरतपुर ११ का कोषाध्यक्ष कुलप्रसाद कँडेल, पत्रकार महासंघ चितवनका पुर्वअध्यक्ष जनक अर्याल, छिमेकी टोलका अध्यक्षहरू कुलबहादुर तमाङ, लालप्रसाद ढकाल, लगायतले मन्तव्य राखेका थिए ।
अधिवेशनले पुनः दीर्घबहादुर बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्षमा विष्णु विडारी, सचिवमा रामचन्द्र रेग्मी, सहसचिवमा मोहनीधि तिवारी र कोषाध्यक्षमा निलिमा तमाङ रहेका छन् ।


