चितवन १४ पुस । चितवनमा गएको एक वर्षमा गम्भिर प्रकृतिका ९१ वटा मानवअधिकार उल्लघनका घटनाहरु भएको सार्वजनिक गरिएको छ । ०७५ पुस १७ देखि ०७६ पुस १३ गतेसम्म भएका घटनामा यो विवरण देखिएको हो ।
इन्सेक चितवनले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि संकलित घटना सार्वजनिक गर्न सोमबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा यो विवरण सार्वजनिक गरेको छ । तथ्याङक अनुसार एक वर्षको अवधिमा सवैभन्दा धेरै बालबालिका हिंसामा परेका छन् । जसमा २५ जना बालिका बलात्कारको सिकार बनेका छन् एक बालिका सहित ४ जना बालक यौन दुव्र्यबहारमा परेका छन् ।
जातीय विभेदमा ४ जना, हत्यामा महिला एक र पुरुष ३ गरी ४ जना, नवजात शिशु २ छोरी १ छोरा गरी ३ जनाको हत्या भएको छ । १५ जना महिला बलात्कारको सिकार बनेका छन् । ८ जनामा बलात्कारको प्रयास गरिएको छ । बेचविखनमा एक बालिका सहित ६ जना महिला परेका छन् । १९ वटा बहुविवाहको मुद्दा दर्ता भएको छ । एक वर्षको अवधिमा दर्ता भएका मुद्धाहरु मध्य गम्भीर प्रकृतिका मानवअधिकार उलंघनतर्फ १६ वटा घटना अभियोगमा आंशिक तथा पुरा दावी पुग्ने भनी फैसला भएका छ ।
केही घटनाका आरोपीतले सफाइ पाएका छन् । अन्य मुद्दाहरु अदालतमा चालु अवस्थामा रहेको छ । यो तथ्याङक जिल्ला अदालत चितवन, जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयहरु, सरकारी वकिल कार्यालयहरुलाई मुख्य स्रोत बनाई सार्वजनिक गरिएको इन्सेक चितवनका प्रतिनिधि दिपेन्द्र अधिकारीले बताउनु भयो । इन्सेकले देश भरि नै भए गरेका गम्भीर प्रकेतिका मवन अधिकार उलंघनका घटनाहरुको अभिलेख राख्ने गर्दछ ।


