चितवन १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राप्ती नगर कमिटीलाई सपथ ग्रहण गराइएको छ ।
नगर कमिटी अध्यक्ष इमानसिहं लामा, सचिव रामचन्द्र पाठक सहित ८१ सदस्यीय नगर कमिटीलाई सपथग्रहण गराइएको हो । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज कृष्ण खनालले सपथ ग्रहण गराउनु भएको थियो । खनालले नगर कमिटीलाई पार्टीको सिद्धान्त अनुसार उच्च मनोवलका साथ काम गर्न निर्देशन दिनु भयो । उहाले पार्टीलाई चलायमान बनाउन पार्टीको संगठन विस्तारमा लाग्न निर्देशन दिनु भयो ।
कार्यक्रममा जिल्ला अध्यक्ष यमबहादुर परियारले नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुले संगठन विस्तार, पार्टी विरुद्ध भइरहेको गलत प्रचारको भण्डाफोर लगायतका काम गर्नुपर्ने बताउनु भयो । जिल्ला सचिव तथा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले जनताको एक मात्र भरोसाको पार्टीलाई अझै शसक्त पारेर लैजान सबैको साथ आवश्यक रहेको बताउनु भयो ।
राप्ती नगर कमिटीका अध्यक्ष इमानसिहं लामाले पार्टीलाई चलायमान बनाउदै जनताको हितमा काम गर्ने बताउनु भयो । लामो सयमदेखिको पार्टी भित्रका गतिरोध अन्त्य गर्दै जनताको मन मनमा पु¥याउने प्रतिबद्धता जनाउनु भयो । प्रदेश सचिवालय सदस्य दावादोर्जे लामा, प्रदेश सचिवालय सदस्य जेएन थपलिया, प्रदेश सदस्य तथा राप्ती नगरपालिका प्रमुख प्रभा बराल लगायतल मन्तव्य राख्नु भएको थियो । नगर इन्चार्ज मान बहादुर स्यांबोको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला कार्यलय सदस्य तेजेन्द्र खड्का, रामचन्द्र अधिकारी, जेष्ठ कम्युनिष्ट मञ्चका प्रदेश सदस्य फणिन्द्र पाठक, रत्ननगर नगरपालिका इन्चार्ज राजु अम्गाई लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा सम्वोधन गर्दै नेताहरुले गुट उपगुटले पार्टीलाई क्षति पुग्ने र ब्यक्तिको राजनीतिक भविष्य पनि सकिने भएकाले सचेत रहन कार्यकर्तालाई आग्रह गरे । पार्टीलाई जो कसैले निजी स्वार्थ पूर्ति गर्ने हतियार बनाउन नहुने तर्क नेताहरुको भनाई छ ।


