बलात्कार आरोपित सिद्धबाबालाई धरौटीमा छाड्न अदालतको आदोश

काठमाडौं १४ पुस । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो । उनीमाथि आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको छ । उनले भने आरोप अस्वीकार गर्दै आएका छन् ।
आरोपित गिरीले मुद्दा फिर्ता गर्न पीडित महिलालाई दवाव दिएको अडियो रेकर्ड बाहिर आएको थियो । आरोपित गिरीले आफ्ना अनुयायी माथि विभिन्न प्रकारका पीडा दिएको घटना बाहिर आएको थियो । गत कात्तिक ४ गते उनी पक्राउ परेका थिए ।

शेयर गरौ

ताजा अपडेट