चितवन, १० पुस । एमवीवीएस अध्ययनको लागि चितवन मेडिकल कलेजले लिएको बढी शुल्क समायोजन नभइ फिर्ता गर्नु पर्ने भरतपुरमा भेला भएको सर्वपक्षीय भेलाले माग गरेको छ ।
धेरै लिएको शुल्क फिर्ता नगरेको भन्दै आन्दोलनरत विद्यार्थीले विहीबार भरतपुरमा आयोजना गरेको सर्वदलीय, सर्वपक्षिय, अभिभावक भेलामा सहभागीहरुले पैसा समाजोजन नभइ फिर्ता गर्नु पर्ने माग गरेका हुन् । कार्यक्रममा राजनीतिक दलका तर्फबाट नेपाली काँग्रेसका जिल्ला सचिव उत्तम जोशीले आन्दोलरत विद्यार्थीको माग जायज भएकाले धेरै शुल्क कलेजले फिर्ता गर्नुको विकल्प नरहेको बताउनु भयो । उहाले भन्नु भयो ‘धेरै शुल्क लिएको छ भन्ने फिर्ता नगरी समायोजन गर्ने भन्ने यो न्यायोचित कुरा भएन, धेरै शुल्क तत्काल फिर्ता गर्नु पर्दछ ।’
अभिभावक तथा शिक्षाकर्मी प्रेम रिमालले समायोजनको नाममा अनेक शिर्षक लादेर धेरै शुल्क लिन नपाइने बताउनु भयो । उहाले भन्नु भयो ‘मेडिकल कलेज सञ्चालकहरुले सरकारले शुल्क निर्धारण गर्दा चुप लागेर बस्ने अहिले विद्यार्थी अभिभावकसंग मन लाग्दी शुल्क लिनु गैरकानुनी हो ।’ मेडिकल कलेजका विद्यार्थीहरु विगत छ महिनादेखि आन्दोलनमा रहदा पनि कुनै पनि विद्यार्थी संगठनबाट आन्दोलनमा ऐक्यवद्धता नहुनुले शुल्क समायोजनको कुरा निकै खतरनाक भएको उहाले टिप्पणी गर्नु भयो ।
उहाले भने ‘समायोजन भनेको शिर्षक मिलाएर समायोजन हुदैन । सरकारले तोकेको भन्दा एक रुपैया पनि बढी लिन पाईदैन । बढी लिईसकेको स्वीकारी सकेपछि त्यो फिर्ता नै हुनुपर्छ । रिमालले भन्नु भयो ‘जबसम्म राजनीतिक दलले चाहैदन् तबसम्म कुनै पनि परिवर्तन सम्भव हुदैन, ठगीका बिरुद्ध वोल्नेलाई मेडिकल कलेज माफीयाहरुले स्लाईन लगाई दिएका छन् । ’
अनेरास्वीयु जिल्ला सचिव प्रकाश आचार्यले भन्नु भयो कलेज प्रशासनले लिएको धेरै शुल्क तुरुन्त फिर्ता गर्नु पर्दछ, होइन भने आन्दोलनले उनीहरुलाई सफर्ता गर्न बाध्य बनाउनु पर्ने हुन्छ ।’
आन्दोलनरत विद्यार्थी प्रकाश चन्दले भन्नु भयो चितवन मेडिकल कलेज विद्यार्थी ,अभिभावक र आम जनतालाई भ्रममा पार्न षडयन्त्र गरिरहेको बताउनु भयो । उहाले भन्नु भयो २०७२÷२०७३ देखिको अतिरिक्त शुल्क फिर्ता गराई छाड्ने छौ, जबसम्म विद्यार्थीहरुले न्याय पाउँदैनन, राज्यले तोकेको नियम लागू हुँदैन, तबसम्म यो संघर्ष अगाडि बढिरहन्छ ।’ चितवन मेडिकल कलेजले विद्यार्थीको अतिरिक्त शुल्कमात्रै ५६ करोड फिर्ता गर्नुपर्ने उहाले बताउनु भयो ।
चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाईमा चितवन मेडिकल कलेजका विद्यार्थी तथा अभिभावकहरु छ महिनादेखि आन्दोलित छन् । गत असोज ४ गते गरिएको ५ बुदे सहमतीको बुदां नम्बर २ मा अतिरिक्त लिइएको शुल्क फिर्ता अथवा समायोजन गर्ने भन्ने अन्तिम समय कार्तिक १८ गते तोकिएको थियो ।


