चितवनबाट सुर्य ग्रहण यस्तो देखियो : देवघाट नारायणीमा स्नान गर्नेको भिड

चितवन १० पुस। यश वर्षको खण्डग्रास सूर्यग्रहण सकिएको छ ।  चितवनबाट सुर्य ग्रहण देखिएको थियो ।

बबिहान ८ बजेर ४२ मिनेटबाट सुरु भएको ग्रहण ११ बजेर ३१ मिनेटमा सकिएको छ ।  पञ्चांग निर्णायक समितिका अनुसार, बिहान १० बजेर १ मिनेटमा मध्य भएको  ग्रहण ११ बजेर ३१ मिनेटमा समाप्त भयो । सुदूरपश्चिमको महेन्द्रनगरमा ८ बजेर ३८ मिनेटमा सुरु भई ११ बजेर १९ मिनेटमा सकिएको थियो  भने पूर्वको झापामा भने ८ बजेर ४८ मिनेटमा सुरु भई ११ बजेर २७ मिनेटमा सकिएको थियो ।

सुर्य ग्रहण लाग्दा चितवनमा मधुरो घाम लागेको थियो ।चितवनबासीले आफ्नो अनुकुलतामा घरको छत, सडक अन्य स्थानबाट हेरेका थिए । ग्रहण को समयमा देवघाट, नारायणी नदि किनारमा स्नान गर्नेको भीड लागेको थियो । ग्रहण को बेला नदिमा स्नान गर्नाले मोक्ष प्राप्त हुने विश्वास छ ।

शेयर गरौ

ताजा अपडेट