चितवन ६ पुस । प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्नको लागि प्रदेश सरकार गम्भिर भएको बताउनु भएको छ ।
भरतपुर महानगरपालिका वडा २१ पार्वतीपुरमा रहेको भानु मावि पहारिलोटारको ५८ औ वार्षिक उत्सब समारोहलाई सम्वोधन गर्दै शिक्षको गुणस्तर सुधार गर्न शिक्षक र विदालय सञ्चालक समितिको पनि भूमिका उतिकै रहने बताउनु भयो । विद्यालय व्यवस्थापन समितिको सक्रियता, शिक्षको लगनशिलता सरकारको सहयोग भएमा निजि विद्यालयको भन्दा राम्रो नजिता ल्याउन सक्ने उहाले बताउनु भयो । सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, भवन निर्माण, प्रयाप्त आवश्यक सामग्रीको व्यवस्थापन गर्न सरकारले योजना ल्याएको जानकारी दिनु भयो ।
बिधालय ब्यबस्थापन समितिका अध्यक्ष दिलिप न्योउपानेको अध्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयको प्रगतीको विषयमा शिक्षाकर्मीहरुले आफ्ना भनाइ राखेको शिक्षाकर्मी धर्म कार्कीले जानकारी दिनु भयो । विद्यालयमा सामान्य शिक्षा देखि जुनियर कम्प्युटर टेक्निसिएन, कानुन विषयको अध्ययापन हुदै आएको छ । समारोहमा विद्यालयलाई सहयोग प्रदान गर्ने विभिन्न व्यक्तिलाई प्रसंसा पत्रले सम्मान गरिएको थियो ।



