निजगढ विमानस्थल निर्माणको क्रममा रूख नकाट्न सर्वोच्चको आदेश

काठमाण्ठौं ६ पुस । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा रूख नकाट्न सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेश दिएको छ । 
सर्वोच्चका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले निर्माणधिन दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम रोक्न आदेश दिएको हो ।
गत मंगलबार रञ्जु हजुर पाँडे क्षेत्रीसहित ९ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए । निजगढ विमानस्थलका लागि चाररपाँच सयभन्दा पुराना रुख रहेको जंगल विनाश हुनुका साथै वनक्षेत्रलाई क्रंक्रिटमा परिणत गर्ने गरी भएको सरकारी निर्णय बदर गर्न माग गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री नियुक्त भएलगत्तै योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास मंसिरभित्रै गर्ने घोषणा गर्नु भएको थियो । पुस लागिसक्दा पनि शिलान्यास त हुन सकेन, आज सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया थप अन्यौलमा परेको छ भने विमान स्थलन बन्न नदिने षडयन्त्र भएको सरोकारवालाले बताएका छन् ।

विमान स्थल निर्माणको काम अगाडि वढ्न थालेपछि ठूलो संख्यामा रुख काट्न लागिएको भन्दै वातावरणविदहरुले विरोध गरेका थिए ।

सर्वोच्चले निजगढ विमानस्थलका लागि रुख कटानमात्र रोकेको हो । यसले सरकारलाई उक्त विमानस्थलसम्बन्धी नीतिगत काम गर्न र लगानी जुटाउनेलगायतका काम गर्न भने अवरोध नहुने कानुनका जानकारहरु बताउँछन् ।

शेयर गरौ

ताजा अपडेट