काठमाडौँ ५ पुस । देशका शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर अकाउन्ट नै दुरुपयोग भएको खुलेको छ ।
कसरी दुरुपयोग भयो भन्ने बारेमा छानबिन भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भएको छ।
अहिले नै ह्याक भएको भन्न नमिल्ने भन्दै दुरुपयोगबारे छानबिन भइरहेको सल्लाहकार थापाले जानकारी दिनु भयो ।
प्रधानमन्त्रीको ट्वीटरबाट भारतीय प्रतिपक्षी दल काँग्रेस र भाजपाबीचको विवादको सन्दर्भमा भएको ट्वीट रिट्वीट भएको छ ।
यस अगाडि पनि प्रधानमन्त्री कार्यालयको लेटर प्याट भएको थियो । झापा जिल्लामा बिकास निर्वाण को विषयमा लेखिएको पत्र दुरुपयोग भएको थियो । देशका शक्तिशाली प्रधानमन्त्रीको बारेमा यस्ता दुरुपयोगको घटनाले सचिवालय कतिको मजबुद छ भन्ने प्रस्ट पारेको छ ।


