तोरी फुल्यो वारि पहेलो : चितवनमा तोरी खेती

चितवन समाचार डटकम,

५ पुस । कुनै समय चितवन तोरी खेतीको लागि प्रख्यात थियो । तर अहिले तोरी लगाउने खेती घट्दै गएको छ ।

भरतपुर महागरपालिका  वडा नम्बर ५ को एउटा गाउलाइ तोरीखेतको नामले चिनिन्छ । यस गाउमा तोरी मात्र खेती हुने अन्य बाली नहुने भएकाले तोरी खेतको नामले चिनिएको स्थानीय रामचन्द्र आचार्य बताउनु हुन्छ । तर यहाँ अहिले तोरी लगाएको खेत देख्न मुस्किल छ । खेतमा कन्क्रीटका भवनहरु ठडिएका छन ।

यस वर्ष पानी परेकाले तोरी राम्रो भएको कृषकले बताएका छन । पुस लागेपछी सितलहर र कुहिरोको कारण तोरीको कोसा लाग्न समस्या हुनेमा किसानको चिन्ता छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ५ का स्थानीय कृषक विष्णुप्रसाद आचार्य, रामचन्द्र मिश्र तोरीबारीमा किरा लागेको नलागेको बारे हेर्दै । फोटो : चितवन समाचार डटकम ।

शेयर गरौ

ताजा अपडेट