देवघाटलाई प्रमुख धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने

देवघाट ३ पुस । देवघाट धामलाई प्रमुख धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न तीनै जिल्लाका सरोकारवालाहरु एक भएका छन् ।
पर्यटन वर्ष २०२० मा देवघाटन धाममा धेरै पर्यटक भित्राउनको लागि यहाँको व्यवस्थापन पक्ष मजवुद पारेर लैजानको लागि सरकोकारवाला एक भएका हुन् । आउदो माघ १ गते लाग्ने माघे संक्राती मेलालाई पर्यटन वर्षको प्रचारको रुपमा लैजाने तयारी गरेको छ । विहीबार देवघाट क्षेत्रमा नवलपरासी, चितवन र तनहु जिल्लाका सरोकारवाला भेला भइ वसेको वैठकले व्यवस्थापनलाई चुस्त बनाउने निर्णय गरिएको छ ।
विगतमा भएका कमीकमजोरीलाई सुधार गरी यहाँ आउने धार्मिक पर्यटकलाई स्नान गर्नको लागि कुनै कठिनाइ हुन नदिने गरी व्यवस्थापन गर्ने तयारी भएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले जानकारी दिनु भयो ।
स्थानीय निकाय, नेपाली सेना, प्रहरी स्थानीय बासीले यहाँको व्यवस्थापनमा चासो देखाएको छ । सुरक्षाको विषयमा प्रहरी नेपाली सेनाले चासो दिएको छ । मेलालाई चुस्त पार्न २२ समिति गठन गरिएको छ ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले यस वर्षको मेलालाई विशेष महत्वका साथ सम्पन्न गर्ने तयारी भएको जानकारी दिनुभयो । उहाले भन्नु भयो ‘हामीले विगतको भन्दा यस वर्षको मेलालाई विशेष ध्यान दिएका छौ, भ्रमण वर्षको सुरुवातमा हामी छौ सुरक्षा र यसको महत्व दर्शाउने छौ ।’ भारतबाट आउने तिर्थालुलाई यहाँको महत्वको बारेमा अझ बृहत जानकारी दिने छौ । सुरक्षाको सवालमा हामी विशेष सावधानी अपनाएका छौ ।
मेलाको विशेष व्यवस्थापनका लागि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीसंगको परामर्शमा काम गरिराखेको उहाले जानकारी दिनु भयो । गलेश्वर आश्रमका पीठाधीश स्वामी आत्मनन्द गिरीले देवघाटको महिमा देशका जनतालाई नै थाहा नभएकाले तीर्थस्थल देवघाटधाम पीछडिएको बताउनु भयो । यस स्थानलाई नेपाल भारत सहित अन्य देशमा धार्मिक पर्यटकको मुख्य गन्तव्य हो भन्नको लागि सञ्चार माध्यमले भूमिका खेल्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रतिनिधि सुभद्रा पुडाशैनी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्ल, नेपाली सेना भरतपुरका प्रमुख विज्ञानराज खनाल, नेपाली सेना विपद व्यवस्थापनका प्रमुख सुजन महत, विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारका सुरेशप्रसाद कलौनी लगायतले यहाँको महत्वको बारेमा प्रष्ट पार्नु भएको थियो । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको लागि एक जुट हुनु पर्नेमा जोड दिएको थियो ।

शेयर गरौ

ताजा अपडेट