चितवन ट्राफिक जनशक्तिको कमी, सवारी साधन व्यवस्थापन गर्न चुनौती

 

चितवन ३ पुस । प्रयाप्त जनशक्तिको अभावमा प्रभावकारी काम गर्न नसकेको चितवन ट्राफिकले गुनासो गरेको छ ।

विहीबार जिल्ला प्रशासन कार्यालय चितवनमा भएको समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत सवारी दुर्घटना न्यूनीकरण सम्बन्धमा भएको छलफलमा चितवन ट्राफिक कार्यालयका प्रमुख चन्द्रकुमार गिरीले जनशक्ति थोरै भएकैले व्यवस्थापन गर्न समस्या भएको बताउनु भयो । उहाले ५५ जना ट्राफिक प्रहरीले ७ स्थानीय तह रहेको जिल्लामा सवारी साधनको व्यवस्थापन गरी सुरक्षा दिन कठिन भएको गुनासो गर्नु भयो ।

उहाले भन्नु भयो, ‘५५ जनामा पनि कोही विशेष कारणले बिदा बसिरहेको हुन्छन्, केही विशेष कामले जिल्ला बाहिर जानुपर्छ, दैनिक काम गर्ने त ४५्५० जना नै हो, यसरी कतिञ्जेल सकिन्छ ?

उनका अनुसार हाल जिल्लाभरि ट्राफिक प्रहरीको दरबन्दी ३१ छ जनामात्र छ, काजमा आएका सहित ५५ पुगेका हुन् । ट्राफिक जनशक्तिको अभावले पनि जिल्लामा दुर्घटना बढेको उनको भनाइ छ ।

‘साधन र सडक प्रयोगकर्ताको चापलाई व्यवस्थित गर्ने हो भने कम्तीमा ४० ट्राफिक जनशक्ति तत्काल थप्नुपर्ने आवश्यक देखिन्छ’ प्रमुख गिरीले भने ।
जिल्लामा ट्राफिक जनशक्तिको कमी समस्या पुरानो हो । वढ्दो सवारी साधन, व्यवस्थापनमा चुनौति बृद्धि हुदै जाने जनशक्ति नथपिने गर्दा समस्या हुदै आएको छ । विगतका ट्राफिक प्रमुखले यो आवाज उठाएपनि अहिलेसम्म समस्या समाधान हुन सकेको छैन ।

शेयर गरौ

ताजा अपडेट