“केसीका माग पुरा भयो” कानुन समिति सभापति पोख्रेल

चितवन, २२ माघ ।
प्रतिनीधि सभाका सदस्य एवम् कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले चिकित्सा शिक्षा ऐनले डाक्टर गोविन्द केसीका मागलाई यथेष्ट सम्बोधन गरेको दावी गर्नुभएको छ ।
आदीकवी भानुभक्त माध्यमिक विद्यालय नारायणगढको स्वर्णमहोत्सव समापन समारोहलाई आज संवोधन गर्दै सभापति पोखरेलले यस्तो दावी गनुभएको हो । “डा. केसीका माग पुरा भएनन् भन्नुको सान्दर्भिकता छैन, उहाँका अधिकांश माग पुरा भएका छन् ”– पोखरेलले भन्नुभयो । अवको १० बर्ष मेडिकल कलेजले मुनाफा रहित सञ्चालन गर्नुपर्ने, सरकारी कलेजमा उच्च चिकित्सा शिक्षामा छात्रवृतिको व्यवस्था स्पष्ट गरिएको , हरेक प्रदशेमा अनिवार्य मेडिकल कलेज रहने व्यवस्था गरिएको, गरिव तथा विपन्न जनताका पक्षमा रहने गरी प्रशस्त व्यवस्था भएको पोखरेलले दावी गर्नुभयो । नयाँ कानुनहरु निर्माणको गती तिव्र बनाइएको उहाँले जानकारी दिनुभयो । समितिवाट टुंग्याएर भोली १०७ वटा संविधान अनुकुल कानुनहरु सदनमा टेवल गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।
यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य पोखरेलले शैक्षिक विकासमा पछिल्लोपटक आदीकवी भानुभक्त माध्यमिक विद्यालयले प्रगती गरेको भन्दै प्रशंसा गर्नुभयो । प्राविधीक विषयहरु पनि पठनपाठन थालिएकोमा खुसी व्यक्त गर्दै भौतिक विकासमा आफुले सक्दो सहयोग गर्ने प्रविद्धता व्यक्त गर्नुभयो ।

ताजा अपडेट