सामाजिक काममा हरेक व्यक्तिको ध्यान जानु पर्दछ : थपलिया

चितवन ३० मंसिर । ३ नं. प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलियाले हरेक व्यक्तिले सामाजिक कार्यलाई स्थान दिनु पर्ने बताउनु भएको छ । 
राप्ती नगरपालिकाको परेवाकोटका विद्यार्थीलाई जाडोको न्यायो कपडा वितरण कार्यक्रममा बोल्दै सामाजिक उत्तर दायित्व अन्तरगर्त समाज सेवामा लाग्नको लागि अनुरोध गर्नु भयो । आफूले आय आर्जन गरेको केही रकमले असहाय दुःखीहरुलाई सहयोग गर्नुनै सच्चा धर्म रहेको बताउनु भयो । प्रदेश सरकारले जनताको जीवनलाई सुखी बनाउनको लागि के गर्न सकिन्छ भन्ने उद्देश्यका साथ काम गर्दै आएको जानकारी दिनु भयो ।


रास्ट्रिय आधारभूत बिधालय परेवाकोटमा अध्ययन गर्ने गरिव तथा विपन्न चेपाङ समुदायका दुइसय बालबालिकालाई न्यानो कपडा वितरण गरिएको थियो । सामाजिक उत्तर दायित्व अन्तरगत सेन्चुरी बैंकको सहयोगमा बालबालिकालाई स्वीटर, अन्य कपडाहरु वितरण गरेको हो । कार्यक्रममा युवा नेताहरु केदार आचार्य, प्रकास कालाखेतीलगायतको सहभागीता रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट